‘पठान’ले हिन्दीमा कमायो ५०० करोड, तोड्ला त ‘बाहुबली २’को रेकर्ड ?

‘पठान’ले हिन्दीमा कमायो ५०० करोड, तोड्ला त ‘बाहुबली २’को रेकर्ड ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खान स्टारर बलिउड सिनेमा ‘पठान’ले हिन्दी भर्सनमा घरेलु बक्सअफिसमा ५ सय करोड नेट कलेक्सनको आँकडा पार गरेको छ ।

सिनेमाले प्रदर्शनको २८औं दिनमा ५ सय करोडको माइलस्टोन पार गरेको हो । हिन्दी भर्सनमा ५ सय करोडको आँकडा पुरा गर्ने ‘पठान’ भारतको दोस्रो सिनेमा हो । भने बलिउडको पहिलो ।

हिन्दीमा ५५ करोडको ओपनिङ गरेको सिनेमाले पाँच दिनसम्म लगातार ५० करोड माथिको नेट कलेक्सन गर्न सफल भएको थियो । तर, छैटौं दिनदेखि सिनेमाको कलेक्सन ५० करोड भन्दा तल झरेको थियो ।

अहिलेसम्म सिनेमाले ५०२.१० करोड कमाइसकेको छ । अब ‘बाहुबली २’को हिन्दी कलेक्सनको रेकर्ड तोड्न सिनेमाले १० करोड कमाउनु पर्ने हुन्छ । ‘बाहुबली २’ले ५ सय ११ करोडको कलेक्सन गरेको थियो ।

२ सय २५ करोडको बजेटमा निर्मित ‘पठान’ले विश्वव्यापी १ हजार करोड भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ ।

यसराज स्पाइ युनिभर्स अन्तर्गतको सिनेमामा शाहरुखसंगै दीपिका पादुकोण, जोन अब्राहम, डिम्पल कपाडियालगायतका कलाकारहरुको अभिनय छ ।