‘पठान’ बन्यो हिन्दी भाषा सर्वाधिक कमाई गर्ने भारतीय सिनेमा

‘पठान’ बन्यो हिन्दी भाषा सर्वाधिक कमाई गर्ने भारतीय सिनेमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शाहरुख खान स्टारर सिनेमा ‘पठान’ हिन्दी भाषामा सर्वाधिक कमाई गर्ने भारतीय सिनेमा बनेको छ ।

प्रदर्शनको ३८ औं दिनमा १.०५ करोडको व्यापार गर्दै सिनेमाले ‘बाहुबली २’को हिन्दी कलेक्सन उछिन्न सफल भएको हो । ‘बाहुबली २’को हिन्दी भर्सनले भारतमा ५ सय ११ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । ‘पठान’को कमाई ५११.७० करोड पुगेको छ ।

हिन्दी भाषामा सर्वाधिक कमाई गर्ने सिनेमाको तेस्रो स्थानमा रहेको ‘केजिएफ २’ले ४ सय ३४ करोड कमाएको छ । ३ सय ८७ करोडसहित ‘दंगल’ र ३ सय ४१ करोड कमाएको ‘सन्जु’ सूचीको चौथौं र पाँचौं स्थानमा रहेका छन् ।

विश्वव्यापी १ हजार करोड कमाउने पाँचौं भारतीय सिनेमा

शाहरुख, दीपिका पादुकोण र जोन अब्राहम अभिनित सिनेमाले विश्वव्यापी १ हजार करोड भन्दा माथिको कलेक्सन गरिएको छ । हजार करोड क्लबमा प्रवेश गर्ने यो भारतको पाँचौं सिनेमा हो ।सिनेमाको विश्वव्यापी कलेक्सन १,०२६ करोड पुगेको छ ।

विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने भारतीय सिनेमा भने ‘दंगल’ हो । आमिर खान स्टारर यो सिनेमाले १,९७० करोड कलेक्सन गरेको थियो । जसमा चाइनिज बक्सअफिसको आधा बढी योगदान रहेको छ ।

‘बाहुबली २’ १,८०० करोड, ‘केजिएफ २’ १,२३० करोड र ‘आरआरआर’ले १,२०६ करोड कमाएर सूचीको दोस्रो, तेस्रो र चौथौं स्थानमा रहेका छन् ।

२५ जनवरीमा रिलिज भएको सिनेमाले हिन्दी भाषाको ओपनिङ डे, ओपनिङ विकेन्ड र ओपनिङ वीकमा सर्वाधिक कलेक्सनको रेकर्ड राखिसकेको छ ।