नेपालमा होली मनाउदै ‘बाहुबली’ अभिनेत्री तमन्ना

नेपालमा होली मनाउदै ‘बाहुबली’ अभिनेत्री तमन्ना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भारतीय अभिनेत्री तमन्ना भाटिया सुटुक्क नेपाल आएकी छन् । नेपालमा होली मनाउदै गरेको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै उनले नेपाल आएको जानकारी दिएकी हुन् ।

‘ॐ’ प्रिन्टेड सेतो कुर्था लगाएर गालामा रातो अबिर दलेकी तमन्ना तस्विरमा निक्कै खुसि देखिन्छिन । उनि क्याप्सनमा लेख्छिन, ‘ह्यापी होली फ्रम नेपाल ।’

तमन्ना छुटी मनाउन नेपाल आएको अनुमान गरिएको छ । तर उनले नेपाल आगमनबारे आधिकारिक जानकारी दिएकी छैनन् ।

नेपाली दर्शक माँझ उनि ‘बाहुबली’ सिरिजको पात्र अवन्तिका नामले परिचित छिन । उनको लोकप्रियतामा ‘बाहुबली’का दुई शृंखलाको ठुलो देन छ ।

तमन्नाले बलिउड, तामिल र तेलुगुसहित ८० बढी सिनेमामा अभिनय गरिसकेकी छिन ।