मनिषा भन्छिन्- बलिउडमा मैले यसरी प्राप्त गरेँ सफलता

मनिषा भन्छिन्- बलिउडमा मैले यसरी प्राप्त गरेँ सफलता

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाले सुरुका दिनमा बलिउडमा रहेको नायक केन्द्रित व्यवाहारले आफूलाई दिक्क बनाउने गरेको बताएकी छन् ।

सिनेमामा काम गर्न बलिउड पुग्दा त्यहाँ आफूले नायकलाई मात्रै महत्त्व दिने गरेको आफूले देखेको स्मरण गर्दै उनले त्यस्तो प्रवृत्तिले आफूलाई निराश बनाउने गरेको उनले बताएकी हुन् ।

‘म जतिबेला बलिउडमा पुगेँ त्यतिबेला त्यहाँ सधैँ नायक केन्द्रमा हुन्थे । नायिकाभन्दा नायक सधैँ अगाडि हुन्थे । पारिश्रमिकको कुरामा होस् वा अन्य सवालमा बलिउडमा सधैँ हिरो केन्द्रविन्दुमा हुन्थे,’ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भनिन्, ‘बलिउडको त्यो प्रवृत्ति देखेर म असहज महसुस गर्थे। तर, म त्यो वातावरण परिवर्तन गर्न सक्दैन थिएँ । मलाई त्यो बेला मेरो आमाले महिला पनि पुरुष सरह समान छन् भनेको कुराले काम गर्यो । त्यसपछि म आफ्नो क्राफ्ट बलियो बनाउन थालेँ । त्यसैले मैले मेरो करियरको जग बलियो बनाउन ठूलो संघर्ष गरेँ ।’

मनिषाले मिहिनेतले आफूले बलिउडमा बलियो जग बनाएको बताइन् । आफ्नो काममा सधैँ केन्द्रित भएर काम गरेकाले आफूले बलिउडमा सफलता पाएको उनले स्मरण गरिन् ।