अनमोल ‘अनमोल’ हुनुको कारण

अनमोल ‘अनमोल’ हुनुको कारण

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – नेपाली रजतपटमा एउटा त्यस्तो कोही पात्र , जो हम्मेसी बोल्दैन सार्वजनिक कार्यक्रममा देखिँदैन अरु के आफू आफ्नै परिवारसँग जोडिएर सारा सिनेमाकर्मी सिनेमा उद्योग नै दुई भागमा विभाजित हुँदा पनि भने मौन रहन्छ को हो त्यो पात्र ? जगजाहेरै , अनमोल केसी हो अनमोल केसी जो आफ्नो सिनेमा रिलिजका बेला एकाध दिन आफ्नो सिनेमाका कार्यक्रममा देखिन्छन् केही अन्तर्वार्ता दिन्छन् , फेरि हराउँछन् आफ्नो अर्को सिनेमा नआउँदासम्म तर, यो पटक उनी आफ्नो सिनेमा रिलिजको पूर्वसन्ध्यामा पनि मिडियामा देखिएनन्

सिनेमा ‘छड्के-रिलिज भयो तर, यो पटक सिनेमाले सफलता हात पारेन सिनेमालाई लिएर धेरैले असन्तुष्टि जनाए छड्के-प्रति असन्तुष्टि जनाए पछि प्रमुख पात्रको हिसावले उनको भागमा असफलताको अंश पर्ने नै भयो त्यसो उनले सिनेमामा सिप अफ क्याप्टेननिर्देशक हुने भएकाले त्यसको सफलता असफलताको सम्पूर्ण भागिदार निर्देशक नै हुने बताउने गरिन्छ तर, अनमोलले त्यसो गरेनन् आफूले दर्शकलाई निराश बनाएको भन्दै माफी मागे आउँदा दिनमा दर्शकलाई निराश नबनाउने प्रतिबद्धता जनाए आफूले थप निखारिएर आउनु पर्नेमा त्यसमा ध्यान नदिनु नै कमजोरी भएको स्वीकार गरे , आगामी दिनमा यस्तो कमजोरी नदोहोर्याउने जनाए तर, उनले कहीँ कतै सिनेमा कमजोर हुनुको आफ्नो चरित्र अपेक्षाकृत नहुनुको कारण निर्देशक भएको आरोप लगाएनन् यसको भागिदार आफू नभएर निर्देशक हुने बताएनन् लामो स्टाटसमा उनले आफ्नो कमजोरी पुनः नदोहोर्याउने भन्दै यसमा ढुक्क हुन आग्रह गर्दै यसलाई एक दिन सम्झिएर अर्को दिनको सुनौलो बिहानी कुर्न अनुरोध गरेका छन्

सायद यो नै उनको नम्र पक्ष हो उनको भद्र पक्ष हो उनको यही विनय शिलता देखेर होला अनमोलको फेसबुक स्टाटसमा जीवन रसाइली नामक फेसबुक प्रयोगकर्ता लेख्छन, ‘सधैँ नै सफल हुनुपर्छ भन्ने छैन सबै कुराहरु सफलताबाट मात्र सिक्न सकिन्छ भन्ने पनि छैन आज तपाईँले आफूमा भएको कमजोरी यही असफलताले नै गोर गरेको तपाईँका सबै सिनेमाहरु हेरिन्छ राम्रो पनि लाग्छ तथापि अझै राम्रो बनाउने प्रयत्न गर्नुहोस् शुभकामना ।’

अर्का फेसबुक प्रयोगकर्ता कैलास बोगटी लेख्छन्, ‘असफलतामा साथ दिने कोही हुन्न सफलतामा पनि तिम्रो हो विफलता नि तिम्रो हो एउटा सिनेमा असफल हुँदैमा सब सकिँदैन विफलतालाई आत्मसाथ गरेर अगाडि बढ्न सक्नु नै ठूलो कुरो हो यु क्यान बाउन्स ब्याक ।’ निर्देशक दीपेन्द्र के खनालले पनि अनमोलको सालिनताको तारिफ गरेका छन् सालिनता सुझबुझले अनमोल अनमोल नैरहनेछन्,’ निर्देशक खनाल फेसबुकमा लेख्छन्, ‘तिम्रो आगामी दिनका लागि शुभकामना ।’ धेरैले सामाजिक सञ्जालमार्फत उनलाई एउटा असफलतामै नआत्तिन भन्दै धैर्य गर्न ढाडस दिइरहेका छन्

अनमोल सिनेमा बाक्लै साइन गर्दै आएका छन् तर, बिचैमा सिनेमा कारण बस बन्दैनन् वा कुरा मिल्दैन त्यसैले उनको सिनेमाको संख्या सीमित बन्न पुग्छ थोरै काम गरौँ तर राम्रो गरौँ भन्ने उनको धारण रहने गरेको

अनमोल तिनै अभिनेता हुन्, जो महंगो पारिश्रमिक चार्ज गर्छन् उनी नेपालकै सर्वाधिक महंगा अभिनेता हुन् । उनी प्रतिसिनेमा ५० लाखसम्म चार्ज गर्छन् तर, अनमोल जति डिमान्ड गर्छन् त्यति तिर्न निर्माता तयार हुन्छन् अहिलेसम्म देखिएको तथ्य हो यो

अनमोलमाथि गरिएको लगानी खेर जाँदैन भन्ने आम निर्मातामा विश्वास अर्थात अनमोल जस्तोसुकै सिनेमा गरुन् उनको स्टारडमले सिनेमाले इनिसियल राम्रो व्यापार गर्छ भन्ने विश्वास उनकोछड्के-पहिलो सिनेमा हो जसले ओपनिङ राम्रो गरेन लगानी उठाएन

युवा पुस्तामा अनमोलको लोभलाग्दो क्रेज जसले दर्शक हलसम्म आउने गरेका छन् इनिसियल व्यापार राम्रो हुँदा लगानी उठाउन सिनेमालाई कठिन हुँदैन पहिलो दोस्रो हप्ता निर्माताले ५० प्रतिशत सेयर पाउने भएकाले पनि इनिसियल व्यापार राम्रो भयो भने निर्माता सुरक्षित हुने उच्च सम्भावना हुन्छ त्यसैले पनि अनमोलको स्टारडमले निर्मातालाई सुरक्षित बनाउने निर्मातामा रहेको विश्वासका कारण पनि निर्माताहरूले उनी माथि आँखा चिम्लिएर लगानी गरेको देखिन्छ यो पटक मात्रै हो उनको सिनेमा नचलेको त्यसो अरुस्टारका पनि कहाँ सिनेमा सधैँ चलेका छन्

अनमोलका हालसम्मका कुनै पनि सिनेमा बक्स अफिसमा फ्ल्प नभएका कारण पनि निर्माण पक्ष सिनेमा हिट हुनेमा ढुक्क होस्टल’, ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘क्याप्टेन मेरो हजुर- मेरो हजुर-उनले अभिनय गरेका सिनेमा हुन् यी सबै व्यवासायिकरूपमा सफल (हिट) सिनेमा हुन्

थोरै बोल्ने त्यो पनि तौलिएर अनमोलको विशषता हो आफैँ माथि कोही किन नखनियोस् जाइ नलाग्ने उनको गुण हो भुवन केसी (अनमोलका पिता) केही समय अगाडि सिनेमा क्षेत्रको सर्वोच्च संस्था सिनेमा विकास बोर्डको अध्यक्षमा नियुक्त भए उनको समयमा राति ११ बजे भित्र नेपाली सिनेमा प्रदर्शन भइसक्नु पर्ने नियम लागु भयो सिनेमा घरहरुले विरोध गर्ने नै भए केही मेकर कलाकारले पनि विरोध गरे भुवनलाई छोरो अनमोलका प्रतिस्पर्धी मानिएका अभिनेताको सिनेमा चल्न नदिन उक्त नियम बाध्यकारी बनाएको आरोप लगाए भुवनको आलोचना नगर्ने सायद थिए होला जोडेर अनमोलको पनि आलोचना भयो

चौतर्फी विरोध आलोचना हुँदा पनि अनमोल मौन रहे कतै मिडियामा भुवन आफ्नो डिफेन्स गरे कतै मिडियामा गएर तीतो पोखे सामाजिक सञ्जालमा पनि उनी कुनै पनि विषयमा आफ्नो धारणा हम्मेसी राख्दैनन् यो समय पनि राखेनन् उनको शक्ति वाअबब्ल पक्ष यो पनि एउटा हो कुनै पनि विषयमा धारणा नराखे पछि पक्ष विपक्षमा उभिने भएन मौन रहेपछि विरोध आलोचना अहिलेसम्म कहीँ कतै उनी विरोध आलोचनामा नमुछिनुको मुख्य कारण नै उनको मौनता हो अनमोलको शालीन पन हो यो नैअनमोलको स्टारडमको कारण हो