तेस्रो हप्तामा ‘जारी’, बक्सअफिसमा १२ करोड ग्रस कलेक्सन

तेस्रो हप्तामा ‘जारी’, बक्सअफिसमा १२ करोड ग्रस कलेक्सन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित सिनेमा ‘जारी’ तेस्रो सातामा प्रवेश गरेको छ । गत बैशाख १ गतेबाट प्रदर्शनमा आएको सिनेमाले तेस्रो शुक्रबार पनि उच्च शोजका साथ प्रदर्शन भैरहेको छ ।

तेस्रो सातामा प्रदर्शनरत सिनेमा ‘जारी’ले शुक्रबार नै प्रदर्शनमा आएका अन्य तीन सिनेमाभन्दा उच्च अकुपेन्सी देखिन्छ । सिनेमाले पहिलो र दोस्रो साता गरि करिब १२ करोड ७२लाखको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको छ । यो हप्ता पनि हलमा दर्शकको चाप राम्रो भएकाले सिनेमाको व्यापार अझै बढ्ने निश्चित छ ।

दर्शक तथा समिक्षकबाट पनि उम्दा प्रतिक्रिया पाएकाले सिनेमा देश तथा विदेशमा उच्च दर्शक चापसहित प्रदर्शन भैरहेको सिनेमाको केही दिनअघि युकेमा पनि भव्य रेडकार्पेट प्रिमियर गरिएको थियो । सिनेमाको प्रिमियर शोमा सहभागी हुन अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर र निर्देशक उपेन्द्र सुब्बा युके पुगेका थिए । अहिले युके लगायतका दर्जनबढि देशहरुमा मा सिनेमा प्रदर्शन भैरहेको छ ।

जारी प्रथामा आधारित रहेको सिनेमामा लिम्बु संस्कृति र भेषभुषा पनि झल्किन्छ । सिनेमामा रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

सिनेमामा उपेन्द्र सुब्बाको लेखन तथा सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको सिनेमामा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ । सिनेमाका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको सिनेमामा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सह-निर्माताको रुपमा रहेका छन् ।