कान्समा सन्नी लियोनीको ‘केनेडी’लाई ७ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’

कान्समा सन्नी लियोनीको ‘केनेडी’लाई ७ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’

द सिनेमा टाइम्स
0
Shares

सिनेमा टाइम्स, काठमाडौं – फ्रान्सको कान्समा चलिरहेको फेस्टिभलमा बलिउड अभिनेत्री सन्नी लियोनी अभिनित सिनेमा ‘केनेडी’ले ७ मिनेट लामो ‘स्ट्यान्डिङ ओभेसन’ पाएको छ । सिनेमाको बुधबार राति साढे १२ बजे स्क्रिनिङ गरिएको थियो । निन्द्रा नपर्ने प्रहरी अफिसरको कथामा निर्माण भएको सिनेमालाई अनुराग कश्यपले निर्देशन गरेका छन् ।

सिनेमामा सन्नी लियोनीका अलवा राहुल भट्टको पनि मुख्य भूमिका रहेको छ । कान्समा कलाकारको टोलीसहित निर्देशकले रेडकार्पेट नापेका थिए । कान्सको मिडनाइट स्क्रिनिङमा छानिएको सिनेमाको प्रदर्शनअघि दक्षिण भारतीय अभिनेता चियान विक्रम र अनुराग कश्यपको मिस अन्डरस्ट्यान्डिङको किस्सा मिडियामा सार्वजनिक भएको थियो ।

अनुरागले यो सिनेमामा अभिनयका लागि दक्षिण भारतीय अभिनेता चियान विक्रमलाई सम्पर्क गर्न खोज्दा रेस्पोन्स नपाएको तर सम्पर्क गरेको नम्बर विक्रमले दुई वर्षअगाडि देखि नै चलाउन छाडेको जानकारी पाएका थिए । पछि विक्रमले अनुरागले आफूलाई खोजिरहेको थाहा पाएपछि आफैँले फोन गरेर अनुरागसँग कुरा गरेको विक्रमले केहीदिन अघि समाजिक सञ्जाल ट्वीटरमा एक पोष्ट लेख्दै स्पष्ट पारेका थिए ।

‘केनेडी’को कान्स स्क्रिनिङ करिअरकै गर्विलो क्षण भएको अभिनेत्री सन्नी लियोनीले बताएकी छन् । अभिनेत्री लियोनीले ‘जिस्म २’बाट बलिउड डेब्यू गरे पनि करिअरले गति लिन सकेको छैन् ।