वसन्त निरौलाको ‘ज्वाइँ साब’ निर्माण घोषणा

वसन्त निरौलाको ‘ज्वाइँ साब’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक वसन्त निरौलाले ‘ज्वाइँ साब’ नामक सिनेमाको निर्माण घोषणा गरेका छन् । उनले सोमबार खोटाङको हलेसी महादेव मन्दिरमा पूजा गर्दै सिनेमा निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुति रहने सिनेमाको छायांकन केही महिनापछि सुरु गरिने निर्देशक निरौलाले बताए ।

सिनेमाको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियमा गरिनेछ । सिनेमाको कथा सविन अधिकारीले लेखेका हुन् । सिनेमामा शंकर धितालको पटकथा तथा संवाद छ । निर्देशक निरौलाका अनुसार, सिनेमाका लागि कलाकारहरुको छनोट भैरहेको छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं । सिनेमा कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’

आफूले यसअघि निर्देशन गरेका सिनेमाभन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने निर्देशक वसन्तले उल्लेख गरेका छन् । ‘इक्यूपमेन्ट’ व्यवसायमा पनि आबद्ध बसन्तले सिनेमासँगै आधा दर्जन बढी म्यूजिक भिडियोको पनि निर्देशन गरिसकेका छन् । कोरोना महामारीको समयमा उनले ‘लभ सर्कल’ नामक वेब सिरिजको पनि निर्देशन गरेका थिए । उनी ‘मेला’पछि सिनेमा निर्देशनमा फर्किन लागेका हुन् ।