anmol jasita

दम रोगीबाट पीडित निर्देशक सुदर्शन थापाका बुबाको निधन

दम रोगीबाट पीडित निर्देशक सुदर्शन थापाका बुबाको निधन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा निर्देशक तथा निर्माता सुदर्शन थापालाई पितृशोक परेको छ । बुधबार काठमाडौंको इन्द्रायणीस्थित निजी निवासमा उनका बुबा विष्णुबहादुर थापाको बिहान ६ बजे ७८ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि दम रोगीबाट पीडित थिए ।

बुधबार दिउँसो पशुपति आर्यघाटमा थापाको पार्थिक शरीरलाई अन्तिम संस्कार गरिएको छ । उनलाई श्रद्धाञ्जली अर्पण गर्न केही सिनेमाकर्मीहरु पनि आर्यघाट पुगेका थिए । थापाका तीन छोरा र एक छोरी छन् । सुदर्शन उनका कान्छा छोरा हुन् ।

निर्देशक सुदर्शन थापा लभस्टोरी सिनेमा निर्देशनमा अब्बल मानिन्छन् । ‘मेरो एउटा साथी छ’, ‘प्रेमगीत’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी लगायत उनी निर्देशित सिनेमा व्यावसायिक रुपमा सफल छन् । निर्देेशक थापा निर्देशित सिनेमा ‘प्रसाद २’ गत बैशाख १५ गतेबाट प्रदर्शनमा आएको थियो ।