‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टरमा आमा बनेकी सुरविना

‘मीराः स्याडो अफ अ रेन्बो’को पोस्टरमा आमा बनेकी सुरविना

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता निशान चौहान र अभिनेत्री सुरविना कार्कीको मुख्य भुमिका रहेको सिनेमा ‘मीरा : स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अनिता पण्डित निर्देशित सिनेमाको सार्वजनिक अभिनेत्रीद्वय सुरविना कार्की र अनिता पण्डितसँगै बाल कलाकार आश्वि घिमिरे पोस्टरमा प्रस्तुत छन् ।

पोस्टरमा अभिनेत्री सुरविना कार्की बच्चालाई किताबमा केही कुरा देखाएर सिकाउँदै गरेको अवस्थामा चित्रित छिन् । पोस्टरबाट सिनेमामा उनी आमाको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ । एक बच्चामा देखिएको विकासात्मक अपाङ्गता (अटिजम)को समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा सिनेमा निर्माण गरिएको छ ।

सिनेमामा निशान, सुरविना, अनिता र आश्विका अलवा कैलाश रावल र रोशनी कार्कीको पनि मुख्य भुमिका रहेकोछ । आश्वि फिल्म्स र लाटोकोसेरो फिल्म्सको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाको प्रदर्शन मिति भने पोस्टरमा उल्लेख गरिएको छैन । सिनेमामा स्वयंम अनिताको कथा, पटकथा तथा संवाद लेखन छ । निर्माता पनि उनी नै हुन् ।

सिनेमाबारे निर्देशक पण्डित भन्छिन्, ‘अटिजम भनेको रोग होइन । यो कहिल्यै ठीक हुँदैन भन्ने सोचविरुद्ध हामीले सिनेमामा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई हामी आफैंले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग सिनेमामा समावेश गरिएको छ ।’