नेपाली सिनेमा ‘सिद्धार्थ’को लण्डनमा निर्माण घोषणा

नेपाली सिनेमा ‘सिद्धार्थ’को लण्डनमा निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लण्डनमा नेपाली सिनेमा ‘सिद्धार्थ’को घोषणा गरिएकोे छ । यसअघि ‘कैदीको पत्र’ निर्देशन गरेका सनम कुमार बैरागले निर्देशन गर्ने सिनेमाको बीस प्रतिशत बेलायतमा र बाँकी नेपालमा छायांकन गरिने जानकारी दिइएको छ ।

भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने सिनेमा घोषणाको लागि नेपालबाट निर्माताद्वय श्रीदेव बिएल र शारदा खड्का अर्याल बेलायत पुगेका थिए । सिनेमामा नेपालबाट श्रीदेव र शारदाको साथमा दिनेश केसी र युके बाट दील घले र नबिन थापा निर्माता रहेका छन् ।

माघबाट फ्लोरमा जाने सिनेमाको लागि क्याप्टेन विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठले अभिनयको टुंगो लागिसकेको छ भने अन्य कलाकारको छनोट बाँकी नै रहेको निर्माता बिएलले बताए ।

घोषणा कार्यक्रममा यती नेपाली एशोशियसका पूर्व अध्यक्ष उमेश राज मोक्तान, निर्माता तथा निर्देशक कपिल रिजाल, निर्माता निकेश लिम्बु, पूर्व काउन्सिलर भगवान दाश चौहान, प्राध्यापक रुपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

सिनेमाको निर्माण घोषणा कार्यक्रममा गायक सपन कुमार राई, ज्ञानेन्द्र रावत, अनिल लामिछाने, नृत्यकार सुरेश श्रेष्ठ, गाोपाल बस्नेत, मिसेज युके नेपालका टाईटल होलडरहरुको समेत उपस्थिति थियो ।