anmol jasita

राजु गिरी निर्देशित ‘नम्बरी सुन’को हेटौंडामा प्रिमियर

राजु गिरी निर्देशित ‘नम्बरी सुन’को हेटौंडामा प्रिमियर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने सिनेमा नम्बरी सुनको शनिबार हेटौंडाको ओम्याक्स हलमा प्रिमियर शोको आयोजना गरिएको छ । हेटौंडाका नारायण खातीले निर्माण गरेको सिनेमाको पहिलो शो नै हेटौंडामा गरिएको हो । निर्माता खातीले आफ्नो जन्मथलोमा सिनेमाको प्रिमियर गर्न पाउँदा खुशी लागेको बताए ।

प्रिमियर शोमा सिनेमा हेरेपछि दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । सुन र सुन बनाउने पुरानो चलनलाई सिनेमामार्फत देखाइएको छ । निर्देशक राजु गिरीले सुनसँग जोडिएर बनाइएको सिनेमाले सुन बनाउने सुनारेलाई गाउँका काजीहरुले हेर्ने दृष्टिकोण सिनेमामार्फत देखाइएको बताए । प्रिमियरमा निर्देशक राजु गिरी, निर्माता नारायण खाती, कलाकार गौरव पहारी, किरण नेपालीलगायत उपस्थिति थिए ।

चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका उपाध्यक्ष श्रीराम अर्जुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मकवानपुर सुनचादीँ व्यसायी संघका अध्यक्ष पवन शाक्य, हेटौंडाका कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ नेपाल चितवनका उपाध्यक्ष सागर ढुङ्गाना लगायतले सिनेमालाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

सिनेमामा गौरव पहारी, किरण नेपाली, नम्रता सापकोटा, सरोज खनाल, गीता अधिकारी, बुद्धि तामाङ, राजाराम पौडेल, नारायण खाती, विनोद न्यौपाने, राजेन्द्र खड्गी लगायतका कलाकारहरुको अभिनय रहेको छ । सुवर्ण शिभान्स फिल्मन्को व्यानरमा निर्माण भएको सिनेमाका निर्माता सरोज खाती, सविन खाती, र मनोज रिजाल हुन् ।

सिनेमामा शिवम् अधिकारीको पटकथा तथा संवाद, अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामिछानेको नृत्य, दिव्य सुवेदीको छांयाकन, देव महर्जनको द्धन्द्व निर्देशन र गौतमराज खड्काको सम्पादन रहेको छ ।