anmol jasita

‘वेलकम टु हेम्जाकोट’को टिमद्धारा पशुपतिनाथमा फलफुल वितरण र सरसफाई

‘वेलकम टु हेम्जाकोट’को टिमद्धारा पशुपतिनाथमा फलफुल वितरण र सरसफाई

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी जेठ २६ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘वेलकम टु हेम्जाकोट’को टिमले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा सरसफाई समेत गरेको छ ।

समाजसेवामा पनि हातेमालो गरौं भन्ने सोचका साथ सिनेमाको निर्माण टिमले उक्त कार्यक्रमको आयोजना गरेको निर्माता तेज प्रसाद दाहालले बताए । उनी भन्छन्, ‘हामी मनोरन्जन मात्र हैन, सामाजिक काममा पनि उत्तिकै लाग्नुपर्छ भन्ने उद्देश्यले काम गरिरहेका छौं । भोलीको दिनमा पनि निरन्तरता दिनेछौं ।’

सिनेमाका निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित कार्यक्रममा केहि अतिथी कलाकारहरु मिस पवी, सुजन कार्की, थिएटरका चर्चित गुरु सुवलमणी सापकोटा, सुरवी सापकोटा लगायत पनि उपस्थित थिए । कलाकारसहित अतिथीहरुले सिनेमाको पोस्टर समावेश टिसर्ट समेत लगाएका थिए ।

केहिदिन अघिमात्रै सिनेमाका केहि कलाकार लोकप्रिय हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ मा पुगेका थिए । सिनेमाको प्रमोशनका लागि निर्माण टिमले विभिन्न शैली अपनाएको छ । सिनेमामा तेजप्रसाद दाहाल, सरोज कुमार पुर्बे, सुमन खड्का, बाबुराम कार्कीको समेत लगानी रहेको छ । सिनेमाका लेखक तथा निर्देशक सरोज पौडेल हुन् ।

निर्माण टिमले यसअघि सिनेमाको पोस्टर, ट्रेलर, गीत सार्वजनिक गरिसकेको छ । सिनेमामा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दिप सिग्देल, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, अम्बिका तामाङ, शारदा गिरी, बलदिव राई, स्वर्गिय जयनन्द लामा, प्रेविल कँडेल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

सिनेमाले केहि समय अघि काठमाडौंमा सम्पन्न चौथो नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय सिनेमा फेस्टिबलमा उत्कृष्ट नेपाली सिनेमाको अवार्ड समेत जितेको थियो । फेस्टिबलमा उपस्थित अतिथीले सिनेमालाई मन पराएका थिए । पोखरामा रहेको पर्यटकिय स्थल हेम्जाकोटमा खिचिएको सिनेमाको नाम पनि त्यहिँबाट सापट लिइएको हो ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादनमा तयार सिनेमाका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको सिनेमाका गीतमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतका चर्चित गायकहरुको स्वर सुन्न सकिन्छ ।