प्रभाष र कृतिको ‘आदिपुरुष’ले रिलिज अगावै कमायो ४३२ करोड

प्रभाष र कृतिको ‘आदिपुरुष’ले रिलिज अगावै कमायो ४३२ करोड

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता प्रभास र कृति सेननको मुख्य भूमिका रहेको सिनेमा ‘आदिपुरुष’ आगामी जुन १६ बाट विश्वभरका सिनेमा हलमा रिलिज हुँदैछ । रामायणलाई हुबहु उतारिएको सिनेमालाई अहिलेसम्मकै महंगो बलिउड सिनेमा मानिएको छ ।

सिनेमाको निर्माण बजेट ५ सय करोड हो । बलिउडका लागि पनि यो रकम धेरै नै खर्चिलो मानिन्छ । किनकि नपत्याउँदो गरी चल्दा पनि शाहरुख खानको ‘पठान’ले भारतबाट मात्र ५ सय करोड कमाएको थियो । भारतमा पनि नचल्ने सिनेमाले १ करोड पनि कमाउँदैनन् । यस्तोमा निर्माणमा मात्र ५ सय करोड खर्चनु ठुलै जोखिम हो । तर ‘आदिपुरुष’ले यो जोखिम मात्र लिएन, रिलिज अगावै सिनेमाको ८५ प्रतिशत बजेट पनि रिकभर गरिसकेको छ ।

बलिउड मिडियाका अनुसार सिनेमाले नन थियाट्रिकल अधिकारबाट मात्रै २ सय ४७ करोड कमाई गरिसकेको छ । सिनेमाले दक्षिण भारतबाट १ सय ८५ करोड पाउने सम्झौता वितरकसँग भइसकेको छ । दक्षिण भारतका वितरकले सिनेमालाई मिनिम ग्यारेन्टीमा १ करोड ८५ लाख दिने सम्झौता गरेका हुन् । यो सवै रकम जोड्दा ४ सय करोड ३२ हुन आउँछ । यसरी अब ६८ करोड मात्र कमाउने हो भने सिनेमाले लगानी सुरक्षित गर्छ ।

तर सिनेमाको ट्रेलर र गीतको हाइपले आदिपुरुषले ५ सय करोड सजिलै कमाउने अपेक्षा गरिएको छ । किनकि टिजरमा गाली पाएका निर्देशक ओम राउतले ट्रेलर र गीतमा आफूलाई मज्जाले सच्याएका छन् । महाभारत र रामायण जस्ता ग्रन्थमा दर्शकको रुचि पनि गहिरो रहेका कारणले पनि दर्शक हलमा ओइरिने अनुमान गर्न सकिन्छ ।

सिनेमा ‘आदिपुरुष’मा प्रभास र कृति सेननले रामसीताको भूमिका निर्वाह गरेका छन् भने सैफअली खान रावणको भुमिका निवार्ह गरेका छन् । टेलिभिजनका लागि बनाइएका यी दुवै ग्रन्थका सिरिजले ऐतिहासिक दर्शक पाएका थिए । त्यसैले यो सिनेमाले पनि दर्शकको राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।