बुद्धि र साराको लिम्बु कल्चरमा आधारित ‘लुङा’को पोस्टर सार्वजनिक

बुद्धि र साराको लिम्बु कल्चरमा आधारित ‘लुङा’को पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता ज्योतिराज राईको ब्यानर भुमिसा प्रोडक्सनले निर्माण गरेको सिनेमा ‘लुङा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । लिम्बु कल्चरमा बनेको सिनेमा श्रावण ५ गतेबाट देशभरका सिनेमा घरबाट प्रदर्शनमा आउने भएको हो ।

लिम्बु कल्चरलाई बिशेष महत्वका साथ उठाउन खोजिएको निर्देशक किरण राईले बताए । सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकारलाई स्थान दिइएको छ । बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङ राई पोस्टरमा अटाएका छन् । यसै साता सम्पन्न हुने दोश्रो नेपाल ग्रामीण सिनेमा महोत्सवमा प्रिमियर गरिनेछ ।

सिनेमामा सन्जिब राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता तथा शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टि आर साम्सोहाङ सह-निर्माता रहेका छन् । पूर्वमा छायाँकन गरिएको सिनेमामा भिम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदिप जंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको अभिनय रहेको छ ।

इस्टन मिडियाको सहकार्य रहेको सिनेमा लुङामा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत, राजेश पायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, निमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मिना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन रहेको छ ।

भुवन सिंह राईले लेखेको कथालाई भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा तथा सम्बादमा ढालेका हुन् । सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । सिनेमालाई काठमाडौँमा जिजिए ग्रुप र काठमाडैं बाहिर एफडि कम्पनीले वितरणको जिम्मा लिएको छ ।