‘फनफनी’ निर्देशन गर्दै लक्ष्मण सुनार, हिरोमा आर्यन अधिकारी

‘फनफनी’ निर्देशन गर्दै लक्ष्मण सुनार, हिरोमा आर्यन अधिकारी

द सिनेमा टाइम्स
7
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक लक्ष्मण सुनारको निर्देशनमा नयाँ सिनेमा ‘फनफनी’ निर्माण हुने भएको छ । गत बैशाख १ गते रिलिज भएको ‘बुलाकी’पछि उनले दोस्रो सिनेमाको रुपमा ‘फनफनी’ निर्देशन गर्न लागेका हुन् । उनले डेव्यु निर्देशकिय सिनेमाबाटै निर्देशनमा राम्रो सम्भावना देखाएका थिए ।

सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएपछि थिम पोस्टरमार्फत् सिनेमाको घोषणा गरिएको हो । सिनेमाको मुख्य भूमिकामा अभिनेता आर्यन अधिकारीलाई अनुबन्धित समेत गरिएको छ । अहिले सिनेमाका लागि आवश्य अन्य कलाकारको छनोट कार्य चलिरहेको छ ।

कमेडी तथा पारिवारिक कथामा निर्माण हुन लागेको सिनेमालाई हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरीले निर्माण गर्दैछन् । यसअघि उनीहरुले सिनेमा ‘लाखे’को निर्माण गरेका थिए । नेपाल, अष्ट्रेलिया, क्यानडा र भारतमा छायांकन हुने सिनेमाको बजेट २ करोड अनुमान गरिएको छ । तिहारपछि सिनेमाको छायांकन सुरु गर्ने तयारीमा निर्देशक सुनार छन् ।

ग्लोबल मिडिया रिसर्च सेन्टरको प्रस्तुतीमा बन्न लागेको सिनेमाको कथा निर्देशक सुनार स्वयंले लेखिरहेका छन् । उनी सिनेमालाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडिने बताउँछन् ।