प्रभाषको ‘आदिपुरुष’ दोस्रो ट्रेलर सार्वजनिक, हनुमानका लागि हरेक हलमा एक सिट रिजर्भ

प्रभाषको ‘आदिपुरुष’ दोस्रो ट्रेलर सार्वजनिक, हनुमानका लागि हरेक हलमा एक सिट रिजर्भ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउडको प्रतिक्षित सिनेमा ‘आदिपुरुष’को दोस्रो ट्रेलर सार्वजनिक गरिएकको छ । सार्वजनिक २ मिनेट २४ सेकेन्ड लामो ट्रेलरमा रावणले सितालाई अपहरण गरेर लंका पुर्याएपछि रामले सितालाई फिर्ता ल्याउन गरेकोे संघर्षकको कथा प्रस्तुत गरिएको छ ।

सिनेमाको सार्वजनिक दोस्रो ट्रेलरमा एक्सनलाई स्थान दिइएको छ । सिनेमामा मुख्य भुमिका निवार्ह गरेका दक्षिण भारतीय अभिनेता प्रभाष, अभिनेत्री कृति सेनन र देवदत्त नागेलाई सार्वजनिक ट्रेलरमा स्थान दिइएको छ । यस्तै, निर्माण टिमले सिनेमाको दोस्रो ट्रेलर सार्वजनिक गरेसँगै निर्माण टिमले नयाँ अफर घोषणा गरेको छ । अफर अनुसार सिनेमा प्रदर्शनको समयमा हरेक थिएटरमा एक सिट रिजर्भ हुनेछ । यो सिट दर्शकहरुको आस्थाको लागि भगवान हनुमानलाई समर्पण गरिनेछ ।

‘जहाँ पनि रामायणको पाठ गरिन्छ, त्यहाँ भगवान हनुमानको उपस्थिति हुन्छ । यो हाम्रो विश्वास हो । यो विश्वासलाई सम्मान गर्दै प्रभासको अभिनित आदिपुरुषलाई प्रदर्शन गर्ने थिएटरमा हनुमानका लागि एक सिट आरक्षित गरिनेछ’, सिनेमा निर्माण टिमको ट्रेलर रिलिज कार्यक्रममा पत्रकारसँग भनेको छ ।

सिनेमामा प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्षण, देवदत्त नागेले हनुमानको भूमिका निवार्ह गरेका छन् । सिनेमाको निर्देशन ओम राउतले गरेका छन् । सिनेमा आगामी १६ जुनमा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ । सिनेमा तेलुगू, हिन्दी, तमिल, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ ।