anmol jasita

प्रिमियर शोमा ‘वेलकम टु हेम्जाकोट’लाई मिश्रित प्रतिक्रिया

प्रिमियर शोमा ‘वेलकम टु हेम्जाकोट’लाई मिश्रित प्रतिक्रिया

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रवारदेखि प्रदर्शनमा आउने सिनेमा ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको थियो । काठमाडौंमा आयोजित प्रिमियर शोमा उपस्थित अतिथीहरुले सिनेमा हेरेपछि मिश्रित प्रतिक्रिया दिएका छन् ।

सिनेमाको प्रिमियर शोमा निर्देशक तथा निर्मात्री दिपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउवा, निर्देशक तथा कलाकार नरेश पौडेल, डब्बु क्षेत्री, शोभित बस्नेत, अभिनेता कृष्ण सिवाकोटी, मुकुन भुषाल, सलोन बस्नेत, मनिष राउत, गायक पवन गिरी लगायतका अतिथीहरु उपस्थित थिए ।

प्रिमियर शोमा निर्देशक सरोज पौडेलले सिनेमा नितान्त मनोरन्जनका लागि बनाइएकाले त्यसैअनुसार दर्शकबाट साथको अपेक्षा गरेको बताए । उनले भने, ‘हामीले यो एउटा प्रयास गरेका छौं । अर्को कुरा म पनि यसै सिनेमाबाट निर्देशन यात्रा थालेको छु । आशा छ दर्शकले मेरो यो उद्योगमा आगमनलाई सहर्ष स्विकार्नुहुनेछ ।’

अभिनेता बुद्धी तामाङले सिनेमामा आफुले अन्य भन्दा केहि फरक काम गर्ने प्रयास गरेको र दर्शकले सिनेमा हेर्दासम्म दिक्क नमान्ने बताए । अभिनेता विनोद न्यौपानेले आफ्नो करिअरमा यो सिनेमाले छुट्टै अर्थ राख्ने उल्लेख गर्दै दर्शकबाट साथ र माया पाउने अपेक्षा राखेको बताए ।

समसामयिक कथामा कमेडी शैली मिश्रण गरेर प्रस्तुत गरिएको सिनेमाले वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढाव लगायतका विषयवस्तुमा आधारित छ । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

सिनेमामा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको सिनेमाका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतको स्वर सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।