शुक्रबारबाट ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

शुक्रबारबाट ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शनमा आएका छन् । औषत प्रचार प्रसारका बीच प्रदर्शनमा आएका सिनेमाले मल्टिप्लेक्स हलमा न्युन शो पाएका छन्, भने सिंगल स्क्रिनमा ‘हेम्जाकोट’को तुलनामा अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहेको सिनेमा ‘नीरफूल’ले केही बढि स्क्रिन पाएको छ ।

सिनेमामा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत सिनेमाको पटकथा लेखक समेत रहेका निर्देशक फूलमान वलले ‘नीरफूल’ भूकम्पले भत्काएको सम्बन्धहरूलाई जोड्न गरिएको प्रयत्नको रूपमा निर्माण गरेको बताउँछन् । धादिङको रूवी भ्याली, रसुवाको स्याफ्रुँबेसीसँगै काठमाडौंमा खिचिएको सिनेमामा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको सिनेमा प्रमोद कार्कीले खिचेका हुन्, भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल-म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको सिनेमामा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।

यस्तै, समसामयिक कथामा कमेडी शैली मिश्रित सिनेमाले वैदेशिक रोजगारी, वेरोजगारीले निम्त्याउने समस्या, अन्तरजातिय प्रेममा आउने उतार चढावमा वेलकम टु हेम्जाकोट निर्माण गरिए छ । क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको हो । तेज प्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको सिनेमामा सरोज पौडेलको लेखन तथा निर्देशन छ ।

सिनेमामा बुद्धी तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व।जयनन्द लामा, लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

मिलन श्रेष्ठको एक्सन, मित्र डि गुरुङको सम्पादन रहेको चलचित्रका डिओपी दिर्घ गुरुङ हुन् । कविराज गहतराज, गम्भिर विष्टको संयुक्त करियोग्राफी, शास्वत श्रेष्ठको व्याकग्राउण्ड म्युजिक रहेको सिनेमाका गीतहरुमा इन्दिरा जोशी, शान्तिश्री परियार, अस्मिता अधिकारी, राज सागर, राजन इशान, उदेश श्रेष्ठ लगायतको स्वर सुन्न सकिन्छ । गीतका म्युजिक डिरेक्टर राज सागर हुन् ।