असार २९ मा शोभित बस्नेतको ‘बद्री बहादुर’ रिलिज घोषणा

असार २९ मा शोभित बस्नेतको ‘बद्री बहादुर’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘बद्री बहादुर’ आगामी असार २९ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएका दुई पोस्टरमा बस्नेत परिवारको दुई पुस्ता देख्न सकिन्छ ।

सिनेमाको सार्वजनिक एउटामा सलोन बस्नेतलाई पिता शोभित बस्नेत र काका जयकिशन बस्नेतले बोकेका छन् भने अर्कोमा तीनैजना काँधमा काँध मिलाएर हर्षित भावमा प्रस्तुत छन् । पोस्टरमा अभिनेत्री पूजा शर्मा, छुल्ठिम गुरुङ र राजीवजंग बस्नेतलाई पनि पोस्टरमा स्थान दिइएको छ ।

सिनेमामा पूजा र सलोन सिनेमामा विशेष भूमिकामा छन् । धिरेन शाक्य, शोभित बस्नेत, उत्तम केसी, लय संग्रौला र एलिना गुरुङलगायतको पनि अभिनय रहेको छ । रवि अधिकारी कार्यकारी निर्माता रहेको कमेडी जनरामा निर्माण भएको सिनेमा ‘बद्री बहादुर’को कथा रामकाजी घिमिरेको लेखेका हुन् ।

एबी पिक्चर्स फार्म र सलोन सलीना फिल्मस्को व्यानरमा निर्माण भएको सिनेमाको विजय गोपाली दली प्रस्तुतकर्ता, मिथुन भोटे निर्माता र समीर मिया सह-निर्माता हुन् । विनोद सापकोटाको छायांकन, टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव विकको नृत्य, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन रहेको सिनेमाको वितरण आरआर फिल्म्सले गर्दैछ ।