anmol jasita

‘एनिमल’को प्रि-टिजर : रणवीर कपुरको दमदार एक्सन अवतार

‘एनिमल’को प्रि-टिजर : रणवीर कपुरको दमदार एक्सन अवतार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता रणवीर कपुर अभिनित मल्टिस्टारर सिनेमा ‘एनिमल’को प्रि-टिजर सार्वजनिक गरिएको छ । ५० सेकेण्ड लामा सिनेमाको प्रि-टिजरमा अभिनेता रणवीर कपुरलाई दमदार एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

‘अर्जुन रेड्डी’ र ‘कविर सिंह’ फेम्ड निर्देशक संन्दीप रेड्डी भांगाले निर्देशन गरेको सिनेमामा रणवीरका अलवा अनिल कपुर, बबी देवल, रश्मिका मन्दना, तृप्ती ड्रिमी र नेपाली अभिनेता लियो ट्याङ्कको अभिनय रहेको छ । सिनेमा आगामी अगष्ट ११ अर्थात् स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।

टिसिरिज र भद्रकाली पिक्चर्स प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा भुषण कुमार, प्रणय रेड्डी भांगा, मुराद खेतानी र कृष्ण कुमारको लगानी रहेको छ । निर्देशक संन्दीपकै लेखन रहेको सिनेमा हिन्दीसहित तेलुगु, तामिल, कन्नड र मल्यालम भाषामा रिलिज हुनेछ ।