‘बाघचाल’को लागि मुख्य अभिनेत्री खोज्दै अभिनेता सबिन श्रेष्ठ

‘बाघचाल’को लागि मुख्य अभिनेत्री खोज्दै अभिनेता सबिन श्रेष्ठ

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने सिनेमा ‘बाघचाल’को लागि निर्माण टिमले मुख्य अभिनेत्रीको खोजी गरिरहेको छ । देश तथा विदेशमा रहेका सिनेमामा अभिनय गर्ने रुची भएका महिलाहरुका लागि निर्माण टिमले डिजिटल अडिसनको आव्हान गरेको हो ।

निर्माण टिमले यसअघि सामाजिक सञ्जालमार्फत सूचना निकाल्दै सिनेमाका लागि चाहिने ७ कलाकारका लागि अडिसन आव्हान गरेको थियो । जसअनुसार शनिबार र आइतबार राजधानीमा अडिसन सम्पन्न भएको छ । अडिसनमा १ सय ५१ जना सहभागी थिए । दुई दिनको अडिसनबाट छानिएका र डिजिटल अडिसनबाट छानिने मुख्य अभिनेत्री नाम आगामी असार १० गते सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

निर्देशक बस्नेतका अनुसार अडिसनमा सहभागी हुन चाहनेले फोटो र दुई मिनेटको आफ्नो प्रस्तुतिसहितको भिडियो [email protected] तथा ह्वाट्सएप नम्बर +९७७९८४३८३२४४ मा पठाउनुपर्नेछ । उनले अडिसनमा सहभागी हुने समयसीमा असार ७ गतेसम्म रहेको बताए ।

उत्तरगया म्यूजिक एण्ड फिल्मस् तथा सबिन फिल्मस्को व्यानरमा बन्ने सिनेमामा न्यू लक्ष्मी ज्वेलर्स (यूके)को सहकार्य हुनेछ । राजीव गुरुङको प्रस्तुतिमा निर्माण हुने सिनेमामा कलाकारका रुपमा सांसद राजीव र सबिन श्रेष्ठ यसअघि नै फाइनल भइसकेका छन् ।

अभिनेता सबिन श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा धनबहादुर गुरुङ (डिबी), टिकाराम भण्डारी, समिर शाही (अष्ट्रेलिया) र कृष्ण थापा (अष्ट्रेलिया) छन् ।