किन झस्किइन् शिल्पा ‘परस्त्री’को अफर आउँदा ?

किन झस्किइन् शिल्पा ‘परस्त्री’को अफर आउँदा ?

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री शिल्पा मास्केले ‘परस्त्री’को क्यारेक्टरको अफर आउँदा सुरुमा आफु झस्किएको बताएकी छन् । ‘परस्त्री’को ट्रेलरमा निकै बोल्ड भूमिकामा देखिएकी उनले सुरुमा अफर आउँदा झस्किएको बताएकी हुन् ।

तर, आफू हरेक सिनेमामा फरक-फरक काम गर्न रुचाउने भएकाले ‘परस्त्री’को भूमिका पनि स्वीकार गरेको उनले सुनाइन् । शिल्पा आफूलाई हरेक सिनेमामा केही नयाँ र चुनौतीपूर्ण भूमिका गर्ने रहर भएको बताउँछिन् । ‘परस्त्री’मा आजसम्म आफूले नगरेको भूमिका गरेको पनि उनतले स्पष्ट पारेकी छन् ।

आफूलाई आउने जस्तो सुकै रियाक्सन स्वीकार रहेको पनि उनले बताएकी छन् । ट्रेलरजस्तै सिनेमालाई पनि दर्शकले मन पराइदिने उनको अपेक्षा छ । ‘अफर आउँदा निकै च्यालेन्जिङ लागेको थियो । सबैले सहज बनाइदिनु भयो’, उनले भनिन् ।

नेपालीसँगै हिन्दी भाषामा भारतका हलमा प्रदर्शन हुन लागेको सिनेमालाई सुरज पाण्डेले निर्देशन गरेका छन् । शर्मिला पाण्डे सिनेमाकी निर्मात्री हुन् । दीपेन्द्र के खनालको लेखन रहेको सिनेमामा शिल्पाको अपोजिटमा कोशिस क्षेत्री छन् ।

सिनेमामा गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायत कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा निरज कँडेलको छायांकन र दीर्घ खड्काको सम्पादन छ । असार १५ गते सिनेमा रिलिज हुँदैछ ।