दीवाकरको ‘मायावी’ निर्माण घोषणा, मुख्य भुमिकामा दीपिका र आर्शिवाद

दीवाकरको ‘मायावी’ निर्माण घोषणा, मुख्य भुमिकामा दीपिका र आर्शिवाद

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीवाकर भट्टराई सिनेमा ‘मायावी’को निर्माण तथा निर्देशनको तयारीमा जुटेका छन् । कोरोना महामारी अगाडी निर्माण घोषणा गरेको सिनेमा ‘तिमीसँगै हुने मन छ’लाई पछि सार्दै उनले ‘मायावी’ निर्माण गर्न लागेका हुन् ।

लभस्टोरी कथामा बन्न लागेको सिनेमामा दीपिका प्रसाई र आशिर्वाद क्षेत्रीको जोडी बाँधिने भएको छ । आशिर्वादले सिनेमा ‘नाई नभन्नू ल ६’बाट अभिनयमा डेब्यू गरेका थिए । आगामी असारपछि छायांकनमा जाने सिनेमाको कथा, पटकथा तथा संवाद निर्देशक भट्टराई स्वयंमले लेखेका हुन् ।

पोखरामा सम्पूर्ण छायांकन हुने सिनेमाका लागि दीपिका र आशिर्वाद बाहेकका कलाकार छनोटको चरणमा छन् । अहिले दुवैजनाले वर्कसप गरिरहेका छन् । सिनेमाको बजेट २ करोड अनुमान गरिएको छ । सिनेमामा दीपिका र आशिर्वाद रोमान्टिक भूमिकामा प्रस्तुत हुने निर्देशक भट्टराईले बताए ।

निर्देशक भट्टराईले ‘नाई नभन्नू ल ६’मा काम हेरेपछि आशिर्वादलाई सिनेमामा अनुबन्ध गरेका हुन् । उनले भने, ‘उहाँसँग कुराकानी चाहिँ भैरहेको थियो । सम्झौता सिनेमा हेरिसकेपछि नै भएको हो । मैले लभस्टोरी सिनेमा निर्माण गर्ने भएकाले उहाँलाई हरेक हिसाबबाट सम्भावना देखेँ । उहाँ पनि काम गर्नलाई इच्छुक भएपछि सहकार्यको अवसर मिल्यो ।’