‘दर्पण छायाँ २’ अभिनेत्री साहाराले गरिन प्रेमी फिरोजसँग इन्गेजमेन्ट

‘दर्पण छायाँ २’ अभिनेत्री साहाराले गरिन प्रेमी फिरोजसँग इन्गेजमेन्ट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्रीको साहरा कार्कीले प्रेमी फिरोज तिमल्सिनासँग इन्गेजमेन्ट गरेकी छन् । तुलसी घिमिरे निर्देशित सिनेमा ‘दर्पण छायाँ २’बाट उनीहरुले असार ३ गते अमेरिकामा इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्टका तस्विरहरु दुवैले सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

गत वर्ष फिरोजले साहरालाई औंठी लगाइदिँदै बिहेको प्रस्ताव राखेका थिए । ‘दर्पण छायाँ २’मा काम गर्ने क्रममा उनीहरुबीच प्रेम बसेको थियो । सिनेमामा साहराको जोडी अभिनेता पुष्प खड्कासँग बाँधिएको थियो भने फिरोज उनीहरुको घनिष्ट साथीको भूमिकामा थिए ।

‘दर्पण छायाँ २’मा अभिनयको प्रशंसा भएपनि साहराले त्यसपछि सिनेमामा काम गरेकी छैनन् । फिरोज भने नेपालमा रहँदा ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टर थिए । फिरोज र साहराले ‘मेरी प्रिया’ र ‘किन’ गीतको भिडियोमा पनि एकसाथ अभिनय गरेका छन् ।