दिनेश श्रेष्ठको ‘सञ्जीवनी’मा आर्यन, कुसुम शर्मासँग बाँधियो जोडी

दिनेश श्रेष्ठको ‘सञ्जीवनी’मा आर्यन, कुसुम शर्मासँग बाँधियो जोडी

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल दिनेश श्रेष्ठको निर्देशनमा निर्माण हुने सिनेमा ‘सञ्जीवनी’को मुख्य भुमिकामा अनुन्धित भएका छन् । मंगलबार सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएको हो । यही सिनेमाबाट गायक प्रकाश सपूतको गीत ‘सकम्बरी’बाट चर्चामा आएकी कुसुम शर्माले नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्ने भएकी छन् ।

सिनेमामा अभिनेता आर्यन सिग्देलसँग उनको जोडी बाँधिएको छ । मंगलबार सार्वजनिक पोस्टरमा आर्यन रातो रंगको स्कूटर हाँकिरहेको अवस्थामा चित्रित छन् । निराश र गम्भीर भावमा प्रस्तुत उनको कपाल र दाह्री भने फूलेको छ । उनको पछाडि कुसुम बसेकी छिन्, जो कानमा हेडफोन लगाएर आर्यनतिर हेर्दै हाँसिरहेकी छन् ।

पोस्टरमा एउटा प्रश्न सोधिएको छ ‘के प्रेममा उमेर साँच्चै महत्त्वपूर्ण छ ?’ सिनेमाको मूल कथा नै यही प्रश्नको वरिपरि घुम्ने संकेत सार्वजनिक पोस्टरले देखाउँछ । आगामी भदौबाट छायांकन सुरु हुन लागेको सिनेमामा आर्यन र कुसुमका अलवा श्रद्धा क्षेत्री, अर्जुन श्रेष्ठ, अन्सुया श्रेष्ठको पनि अभिनय रहनेछ । सिल्भर लेक पिक्चर्डको ब्यानरमा बन्न लागेका सिनेमाका प्रस्तुतकर्ता आशिर सुवेदी हुन् ।

सिनेमामा आर्यनको परिपक्व पुरुषको क्यारेक्टरमा रहेको जानकारी निर्देशक श्रेष्ठ दिए । ‘उहाँले यस अगाडि धेरै लभस्टोरी सिनेमामा काम गर्नुभयो । तर, यो उहाँको करिअरकै फरक लभस्टोरी हुनेछ,’ उनले कुसुमलाई लिनुको कारणबारे पनि भने, ‘आर्यनजीको अघि फुच्ची देखिने महिला पात्र चाहिएको थियो । त्यसमा कुसुमलाई फिट देख्यौं । सिनेमाको क्यारेक्टरमा उहाँ फिट देखिनुहुन्छ ।’

सिनेमा पुर्ण रुपमा लभस्टोरी कथामा निर्माण हुने निर्देशक श्रेष्ठले बताए । उनले यसअघि ‘कामचोर’, ‘सकुन्तला’ र ‘चिमुसीचि’ गरी तीन सिनेमाको निर्देशन गरिसकेका छन् ।