उच्च अदालतको आदेश : काठमाडौंका हलमा भारतीय सिनेमाको प्रदर्शन नरोक्नु

उच्च अदालतको आदेश : काठमाडौंका हलमा भारतीय सिनेमाको प्रदर्शन नरोक्नु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौंका सिनेमा हलहरुमा भारतीय सिनेमाको प्रदर्शन नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

बिहीबार नेपाल चलचित्र संघले दायर गरेको रिटमाथी सुनुवाइ गर्दै न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय सिनेमालगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि सिनेमाको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

चलचित्र संघका कानुन व्यवसायी जयलाल भण्डारीका अनुसार अदालतले १२ असारमा सिनेमा हलहरु सञ्चालनका विषयमा दिएको अन्तरिम आदेशमाथी छलफलका लागि दुबै पक्षलाई बोलाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि दक्षिण भारतीय सिनेमा आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै भारतीय सिनेमा प्रदर्शनमा रोक लगाएका थिए ।

बालेनको उक्त निर्णयविरुद्ध चलचित्र संघ अदालत गएको थियो । उच्च अदालत पाटनले बिहिबार सिनेमा सिनेमा हलहरु सञ्चालन गर्न अन्तरिम जारी गरेपनि बालेनले अदालतको निर्णय नमान्ने घोषणा गरिसकेका छन् । उनले उदालतले अन्तरित आदेश जारी गरेसँगै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुले अदालतकाके निर्णय नमान्ने उल्लेख गरेका हुन् ।