शुक्रबारबाट मर्डर मिस्ट्री ‘अन्तिम संस्कार’ प्रदर्शनमा

शुक्रबारबाट मर्डर मिस्ट्री ‘अन्तिम संस्कार’ प्रदर्शनमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शुक्रबारबाट प्रदीप शाहीद्वारा निर्देशित सिनेमा ‘अन्तिम संस्कार’ प्रदर्शनमा आएको छ । सोलो रिलिजको अवसर पाएको सिनेमालाई हलमा देखिएको दर्शक खडेरी चिर्नुपर्ने चुनौती छ । दर्शकलाई हलसम्म ल्याउनको लागि बलियो ‘वर्ड अफ माउथ’ चाहिनेछ ।

मर्डर मिस्ट्रीको कथामा निर्माण भएको सिनेमामा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जनल, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङको अभिनय छ । निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमामा अभिनेता विजय लामाको ‘न्यूड’ सिन समावेश छ ।

साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले सिनेमामा सहकार्य गरेको छ । विनोद सुवेदी क्षितिज निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको सिनेमाको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । सिनेमालाई एप्पल इन्टरटेन्मेन्टले वितरण गरेको छ ।