यम शेर्पाको ‘कार्साङ’मा दयाहाङपछि बुद्धिको प्रवेश

यम शेर्पाको ‘कार्साङ’मा दयाहाङपछि बुद्धिको प्रवेश

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राईको मुख्य भुमिका रहने सिनेमा ‘कार्साङ’मा बुद्धि तामाङ पनि अनुबन्धित भएका छन् । यम शेर्पाको निर्देशनमा निर्माण हुने सिनेमाको छायांकन तिहार लगत्तै हुनेछ ।

यार्सा फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमामा बुद्धि तामाङ पनि सिनेमाको मुख्यमध्ये एक पात्रको रुपमा भित्रिएको निर्माण टिमले जानकारी दिएको छ । सिनेमामा पुरुषोत्तम प्रधानको छायांकन रहने छ । कथा मनपरेपछि उनी कार्साङमा निर्माताका रुपमा पनि जोडिएका छन् । सिनेमाको छायांकन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा हुनेछ ।

सामाजिक कथामा बन्ने सिनेमामा अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए । सिनेमाका बाँकी कलाकार अडिसनमार्फत छनोट गरिने उनले खुलाए । सिनेमाकी प्रमुख अभिनेत्री को हुने भन्ने बारे निर्माण पक्षले केही खुलाएको छैन ।

निर्देशक शेर्पाको यो डेब्यू निर्देशकीय सिनेमा हो । उनले यसअघि थुप्रै छोटा सिनेमाको निर्देशन गरिसकेका छन् । ‘कार्साङ’मा दयाहाङ अनुबन्धित भएसँगै विदेशबाट ओभरसिस राइट्सका लागि माग भैरहेको दाबी निर्माण पक्षको छ ।