सेन्सर पास भएको ‘परस्त्री’ले पायो पिजी सर्टिफिकेट

सेन्सर पास भएको ‘परस्त्री’ले पायो पिजी सर्टिफिकेट

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘परस्त्री’ले प्रदर्शन अनुमति पाएको छ । सेन्सर बोर्डले शुक्रबार सिनेमालाई पिजी सर्टिफिकेटसहित प्रदर्शन अनुमति दिएको हो । अब १६ वर्षमुनिका दर्शकले सिनेमा अभिभावकसँग मात्र हेर्नुपर्ने छ ।

गत बुधबार सेन्सर बोर्डले सिनेमामा समावेश बेडसिन, चुम्बन तथा हिंसाको दृश्यमा आपत्ति जनाउँदै प्रदर्शन अनुमति दिएको थिएन । शुक्रबार बोर्डले आपत्ति जनाएको दृश्य मेकरले परिमार्जित गरेपश्चात् सिनेमाले प्रदर्शन अनुमति पाएको हो ।

सिनेमाका लेखक तथा निर्माता दीपेन्द्र कुमार खनालले ६ वटा दृश्य परिमार्जित गरिएको बताए । सेन्सर बोर्डका अधिकारीहरुले सिनेमा मन पराएको पनि खनालले जानकारी दिए । हिन्दी र नेपाली भाषामा बनेको सिनेमा भारतमा पनि रिलिज हुने निर्माण पक्षले जनाएको छ । यसका लागि अहिले निर्देशक सुरज र निर्मात्री शर्मिला मुम्बई पुगेका छन् ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् । सिनेमामा कोशिस, शिल्पा र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

सिनेमामा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् ।