फिल्म समीक्षा -‘परस्त्री’

फिल्म समीक्षा -‘परस्त्री’

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – श्रीमान् श्रीमतीबीचको सम्बन्धमा के-के कुराले अवरोध खडा गर्छ ? खोज्दै जाने हो भने धेरै कारण फेला पर्न सक्लान् तर, एउटा कारण विवाहेत्तर सम्बन्ध पनि हो विवाहेत्तर सम्बन्धको कारण चाहिँ केके कुरा हुन सक्छ ? यसबारेपरस्त्रीले केही कुरा भन्छ

सिनेमामा आव्या, विश्वास आयान क्रमशः शिल्पा मास्के,  कोशिस क्षेत्री गौरव बिष्ट मुख्य भूमिकामा छन् आव्या विश्वासश्रीमान् श्रीमती हुन् आव्या आयानको भेट फिटनेस सेन्टरमा हुन्छ यीनै तीन पात्रबीचको सम्बन्धको आरोह अवरोह नै सिनेमाको कथा हो यही कथाको सेरोफेरोमा निर्देशक सुरज पाण्डेले दुई घण्टा लामो सिनेमापरस्त्रीनिर्देशन गरेका छन्

विश्वास आव्यासँगको हरेक यौन सम्बन्धपछि माफी माग्छ अब यस्तो गल्ती आफूले नदोहोर्याउने प्रतिबद्धता जनाउँछ तर, आव्यालाईविश्वासको प्रतिबद्धतामा विश्वास छैन त्यसैले उनीहरूको सम्बन्ध सिनेमाको पहिलो सिनदेखि नै राम्रो देखिँदैन

डेथ बडीसँग यौन सम्बन्ध राख्ने उसको उद्देश्य हुन्छ हरेक पटक आव्यालाई त्यसको नजिक पु¥याएको आवास गरेर यौनको भोकमेटाउने प्रयास गर्छ विश्वासको यो प्रवृत्ति आव्यालाई मन पर्दैन

फेमस रेडियो जकी समेत रहेकी आब्याको ठूलो क्रेज विश्वास आफैँ कम्युनिकेसन कम्पनीको मालिक अपार्टमेन्टमा बस्नेउनीहरू आमा मान्छेले झट्ट हेर्दा लोभलाग्दो जिन्दगी जिइरहेका छन् तर वास्तवमा उनीहरू खुसी छैनन् किन ? जान्न सिनेमा नैहेर्नुपर्छ

सिनेमाको कथा दीपेन्द्र कुमार खनालले लेखेका छन् डार्क थ्रिलर सिनेमाको जानरा अनुसार उनले कथा छनोट गरेका छन् विवाहेत्तरसम्बन्ध सिनेमाको कथा हो सेक्सभित्रको पनि कारणलाई लिएर उनले कथा अगाडि बढाएका छन् कथालाई अगाडि बढाउने क्रममा पटकथा निर्माणमा उनी विशेष ख्याल राख्छन्

जनरा अनुसार उनले कथामा ट्वििस्ट एन्ड टर्न दिएका  छन् जसका कारण सिनेमाले दर्शक होल्ड गर्छ

निर्देशक सुरज पाण्डेले सिनेमामा केही सिन राखेका छन् सेक्स हिम्साका जुन सिन नेपाली सिनेमाले कमै राख्छन् सेक्स हिम्साका दृश्यमा उनी उदार देखिएका छन् हलिउड सिनेमा हेर्दा त्यहाँका सिनेमा यस्ता सिनमा जसरी उदार रुपमा निर्देशकलेदर्शकलाई दिन्छन्, त्यो प्रयासपरस्त्रीमा सुरजले गरेको देखिन्छ

यस्तै सिनका कारण हो, ‘परस्त्रीलाई सुरुमा चलचित्र जाँच पास समिति (चलचित्र सेन्सर बोर्ड)ले सुरुमा जाँच पासको सर्टिफिकेट दिनअस्वीकार गरेको केही सिन हटाउन भन्दै सुरुमा फिर्ता गरेको सेन्सरले पछि पिजी सर्टिफिकेट दिँदै रिलिजका लागि अनुमति दिएकोथियो

सिनेमेटोग्राफीमा खोट लगाउने ठाउँ छैन भारतमा समेत स्टुडियोले तारिफ गरेको भनिएको सिनेमेटोग्राफीलाई दर्शकले मन पराउँछन्

ब्याकग्राउन्ड स्कोरका पनि निर्माण पक्षले मिहिनेत गरेको प्रष्टै देखिन्छ कथालाई बुझाउन ब्याकग्राउण्ड स्कोरले सहयोग गरको

सिनेमामा कोशिस शिल्पाले चरित्रलाई न्याय गरेका छन् गौरव बिष्टले पनि मेहनत गरेको देखिएको कोसिस अक्सर क्राइमथ्रिलर डार्क थ्रिलरमा देखिँदै आएका अभिनेता हुन् यस्ता सिनेमा उनी रोजाइमा पर्ने भएकाले पनि उनलेपरस्त्रीको चरित्रलाई न्यायगर्ने नै भए शिल्पा प्रायः लभस्टोरी कथामा आधारित सिनेमामा देखिँदै आएकी शिल्पाले चुनौती मोलेरै आफ्नो दायरा फराकिलोबनाएकी छन्

साउन्डमा पनिपरस्त्रीले दर्शकलाई दिक्दारी दिँदैन

निर्देशक सुरज अभिनयमार्फत नेपाली रजतपटमा डेब्यु गरेका हुन् लभ लभ लभमार्फत सेतो पर्दामा अभिनेताका रुपमा चलचित्र क्षेत्रप्रवेश गरेका सुरजलेपरस्त्रीमार्फत आफूलाई निर्देशकमा रुपान्तरण गरे निर्देशक बन्ने रहरमात्रै नगरेर उनले आफूमा निर्देशकीय क्षमताभएको पनि प्रमाणित गरेका छन् अर्थात् उनले निर्देशन यात्रामा सम्भावना देखाएका छन्

भारतमा पनि सिनेमा रिलिज भएको हिन्दी भाषामा खिचिएकोपरस्त्रीभारतका सिनेमा हलमा रिलिज भएको हो भारतीयदर्शकलाई लोभ्याउने मुस्ताङका दृश्य सिनेमामा समावेश मुस्ताङमा खिचिएको गीतको दृश्य निकै सुन्दर देखिन्छ

निदेर्शक : सुरज पाण्डे

लेखक : दीपेन्द्र कुमार खनाल

कलाकार : कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, आशान्त शर्मा आदि

निर्माता : शर्मिला पाण्डे

ब्यानर : डिएस डिजिटल