‘हात्तीछाप’को वर्कसपमा दयाहाङ र उपासना, असार २१ गतेबाट छायांकन

‘हात्तीछाप’को वर्कसपमा दयाहाङ र उपासना, असार २१ गतेबाट छायांकन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता दयाहाङ राई र सौगात मल्लको मुख्य भुमिका रहने सिनेमा ‘हात्तीछाप’को छायांकन आगामी असार २१ गते बिहीबारबाट हुँदैछ । आइतबारदेखि सिनेमाको वर्कसप सुरु भएको छ । बुधबारसम्म चल्ने वर्कसपमा दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, कमलमणी नेपाल लगायतका कलाकार सहभागी छन् ।

सामाजिक कथावस्तुमा आधारित भएर बन्न लागेको सिनेमालाई प्रदीप भारद्वाजले लेखेका हुन् । सिमोस सुनवारले सिनेमाको निर्देशन गर्नेछन् । यसअघि उनले ‘मिसन पैसा’, ‘झ्यानाकुटी’ सिनेमाको निर्देशन गरेका थिए । प्रदीप र सिमोसले केही दिन बुढानिलकण्ठको एक होटलमा बसेर सिनेमाको कथालाई फाइनल गरेका थिए । सिनेमालाई ‘दुई नम्बरी’का निर्माता किरण नेपालीले निर्माण गर्नेछन् ।

सुशन प्रजापतिको छायांकन रहने सिनेमामा विल्सन विक्रम राई, गौरव पहारी, विजय बराल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरे, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रविन्द्र झा, रीयर राई, अनुप न्यौपाने, काजल रिमाल लगायतका कलाकारको पनि अभिनय रहनेछ । सिनेमामा अभिनेता सौगात मल्लको पनि मुख्य भूमिका रहनेछ । उनी साउन लागेपछि सिनेमाको छायांकनमा जोडिनेछन् ।