अर्जुन र दीपाश्रीलाई छायाँछवि रजत सम्मान, कुवेर गिरीलाई पत्रकारिता पुरस्कार

अर्जुन र दीपाश्रीलाई छायाँछवि रजत सम्मान, कुवेर गिरीलाई पत्रकारिता पुरस्कार

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – छायाँछवि क्रियसनको आयोजना गर्न लागेकको डिसिने अवार्ड २०७६/७७ को संस्करणमा अभिनेता अर्जुन श्रेष्ट अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई छायाँछवि रजत सम्मा प्रदान गरिने भएको छ । रंग पत्रकार कुवेर गिरीलाई छायाँछवि पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको ध्यक्ष शान्तिप्रियले जानकारी दिए ।

असार १८ गते रसियन कल्चर सेन्टरमा अवार्ड समारोह आयोजना हुँदैछ । सन् १९९१ को सिनेमा सम्पत्तिबाट अभिनययात्रा शुरु गरेका श्रेष्ठले तीस भन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् । विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रमहरुमा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको सिनेमा गाउँले (प्रदर्शनका हिसाबले सन् १९९७ को सिनोमा नासो)बाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जन भन्दा बढी सिनेमामा अभिनय गर्नुका साथै ‘छक्का पञ्जा’का ३ बटा सिरिजलाई निर्देशन समेत गरिसकेकी छन ।

यसवर्ष कलाका बिभिन्न माध्यमबाट नेपाली सिनेमा, गीतसंगीत तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कलासाधकहरुलाई पनि छायाँछबी सम्मान अर्पण गरिने भएको छ । यसवर्ष अभिनेता तथा मोडल दीनेश केसी, सिनेमा निर्देशक चेतनाथ दंगाल, सिनेमा निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछबी सम्मान अर्पण गरिने छ ।

बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, अभिनेत्री तथा लेखिका सोभिता सिम्खडा र संगीतकार सन्तोष श्रेष्ठ निर्णायक रहेको अवार्डको सिनेमा छनौट समिति निर्णायकका रुपमा निर्देशक तथा सम्पादक सुरेन्द्र पौडेल, मोडल मञ्जिता केसी, गायक तथा संगीतकार ओम सुनार, सम्पादक तथा कलरिष्ट जीवन थापा, मोडल सुदिप श्रेष्ठ र गायक तथा संगीतकार राज सागर रहेका छन् ।

अवार्ड समारोहमा २०७७ र ०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका सिनेमाबाट बिभिन्न बिद्यामा अवार्ड प्रदान गरिने आयोजक संस्था छायाँछवि क्रियसनले जानकारी दिएको छ ।