करण जोहरको कमब्याक निर्देशन ‘रकी और रानीकी प्रेम कहानी’ ट्रेलर सार्वजनिक

करण जोहरको कमब्याक निर्देशन ‘रकी और रानीकी प्रेम कहानी’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड निर्माता तथा निर्देशक करण जोहरले निर्देशनमा कमब्याक गरेको सिनेमा ‘रकी और रानीकी प्रेम कहानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरमा फ्यामिली ड्रामा र रोमान्सलाई देखाइएको छ । रणवीर सिंह र आलिया भट्टबीचको प्रेममा आउने उतार-चढावमा केन्द्रित ट्रेलरमा बलियो दृश्यभाषा देख्न सकिन्छ ।

पारिवारिक पृष्ठभूमिका रकी र रानी फरक छन् । पहिलो भेटबाटै उनीहरुबीच प्रेम बस्छ । विवाह गर्नुभन्दा अगाडि उनीहरुले एकअर्काको परिवारसँग ३ महिना समय विताउने निर्णय गर्छन् । एकअर्काको परिवारसँग मिलेर बस्न सकेको खण्डमा मात्र विवाह गर्ने उनीहरुबीच सर्त हुन्छ । के दुवै एकअर्काको परिवारसँग बस्न सक्छन् ? उनीहरुको बिहे हुन्छ ? ट्रेलरले यसैको जवाफ दिन्छ ।

रोमान्टिक तथा पारिवारिक निर्माण गर्न सिपालु मानिने करण जोहरले ठुलो क्यानभासमा ‘रकी और रानीकी प्रेम कहानी’ तयार पारेका छन् । सिनेमामा रणवीर र आलियाका अलवा धर्मेन्द्र देवल, जया बच्चन, शबाना आजमी, रोनित रोय, तोता रोय चौधरी जस्ता कलाकारहरुको पनि अभिनय रहेको छ । इशिता मोइत्रा, शशांक खेतान र सुमित रोयले मिलेर लेखेको सिनेमा २८ जुलाईबाट विश्वभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ ।