प्रभासको दमदार एक्सन अवतारमा ‘सलार’को टिजर सार्वजनिक

प्रभासको दमदार एक्सन अवतारमा ‘सलार’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दक्षिण भारतीय अभिनेता प्रभासको मुख्य भुमिका रहेको सिनेमा ‘सलार’को टिजर सार्वजनिक गरिएको छ । उनी अभिनित ‘आदिपुरुष’बक्सअफिस असफल भएपछि बिहीबार होम्बले फिल्मस्ले ‘सलार’को टिजर सार्वजनिक गरेको हो । सिनेमाको सार्वजनिक टिजरमा प्रभासको एक्सन र स्टन्टको दमदार मिश्रण देखाइएको छ ।

सिनेमा टिजरमा अभिनेता टिनु आनन्द र अभिनेता पृथ्वीराज सुकुमारनलाई पनि स्थान दिइएको छ । सिनेमा आगामी असोज ११ गते अर्थात् सेप्टेम्बर २८ बाट विश्वभरका सिनेमा हलमा रिलिज हुँदैछ । निर्माण टिमले सिनेमाको पहिलो भागको नाम ‘सलारः द सिज फायर’ राखेको छ । यो सँगै सिनेमाको दोस्रो भाग पनि निर्माण हुने पक्का भएको छ ।

‘सलार’लाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । उनले ‘केजीएफ र केजीएफ २’जस्ता सफल एक्सन सिनेमा निर्देशन गरिसकेका छन् । सिनेमाको टिजर सार्वजनिक भएपछि प्रभासका फ्यानमा सलारप्रति उत्साह बढेको छ । सिनेमाको टिजरलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ ।

प्रभासका फ्यानले हालै रिलिज सिनेमा ‘आदिपुरुष’बाट ठूलो अपेक्षा राखेका थिए । सिनेमा बक्सअफिसमा नराम्रोसँग फ्लप भयो । ‘आदिपुरुष’ले प्रभासको करिअरमा पनि नकारात्मक प्रभाव पारेको अवस्थामा ‘सलार’बाट दर्शकलाई ठुलो अपेक्षा छ ।

सिनेमामा श्रुति हासन र जगपति बाबुको पनि मुख्य भूमिका छ । सिनेमा तेलुगू, तमिल, कन्नड, मलायालम र हिन्दी भाषामा रिलिज हुनेछ । प्रभास र प्रशान्त नीलले ‘सलार’मा पहिलो पटक सहकार्य गरेका हुन् ।