‘कामीनो’ छायांकनको लागि मौसम कुर्दै निर्देशक वली

‘कामीनो’ छायांकनको लागि मौसम कुर्दै निर्देशक वली

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक दीपक वली यतिखेर ‘कामीनो ‘छायांकनको लागि मौसम कुर्दै छन् । ब्राजिल र मेक्सीकोमा छायांकन गर्ने भनेर सुरु गरिएको सिनेमा ‘कामीनो’ भिसा समस्याका कारण छायांकनमा जान ढिलाई भएको थियो । अब भने ‘कामीनो’ छायांकनमा जाने भएको छ ।

समयमा छायांकनमा नजादा सिने बजारमा ‘कामीनो’ नबन्ने भन्ने खबरहरुपनि आइरहेका छन् । तर दीपक वली यी समाचारहरुको ठाडै अस्वीकार गर्छन् । ब्राजिल र मेक्सीकोमा भिसा समस्या (ढिलाइ) भएपछि हामीले छायांकन फिलिपिन्समा गर्ने भयौ । यतिखेर फिलिपिन्समा मौसम खराब भैरहेकाले सिनेमाको छायांकनमा ढिलाई भएको हो । जुलाई अन्तिमबाट फिलिपिन्सको मौसममा सुधार आउने कुरा लाइन प्रोडुसरले हामीलाई जानकारी दिएपछि छायांकनको तीब्र तयारी गरिरहेका छौं ।

निर्देशक वली भन्छन् समय अभावका कारण अभिनेता सौगात मल्लले हाम्रो सिनेमाबाट हात झिकेपछि हामीले उनको ठाउँमा अर्का एक अभिनेतालाई अनुबन्धित गरिसकेका छौं ।

स्टार अभिनेता प्रदीप खड्काको जोडी बनेर नेपाली सिनेमामा डेव्यु गर्ने तयारीमा रहेकी अभिनेत्री नीती शाह अध्ययनको लागि मुम्बई गएपछि उनको डेव्यु सपना अधुरै रह्यो । अब अभिनेत्री को हुन्छन् ? हाँस्दै वली भन्छन् २/४ दिन कुर्नुहोस् ।