‘आदिपुरुष’का लेखकले घाइते भएको छु भन्दै मागे माफी

‘आदिपुरुष’का लेखकले घाइते भएको छु भन्दै मागे माफी

द सिनेमा टाइम्स
4.3k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हिन्दी कथानक सिनेमा ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना चौतर्फी भएपछि उनले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन् ।

उनले जनताको भावनालाई स्वीकार गनै तयार रहेको भन्दै आफू घाइते भएको बताएका छन् । ‘सम्पूर्ण दाजुभाइ दिदीबहिनी, बुढापाका, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।’

५०० करोड भारुमा बनेको सिनेमाले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेको थिएन ।