शाहरुख अभिनित ‘जवान’को पावर प्याक्ड प्रिभ्यु सार्वजनिक

शाहरुख अभिनित ‘जवान’को पावर प्याक्ड प्रिभ्यु सार्वजनिक

द सिनेमा टाइम्स
1.5k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानको मुख्य भुमिका रहेको सिनेमा ‘जवान’को प्रिभ्यु ट्रेलर सार्वजनिक गरिएको छ । आगामी सेप्टेम्बर ७ मा विश्वभरकका सिनेमा घरमा रिलिज हुने सिनेमाको सोमबार सार्वजनिक प्रिभ्यूले ब्लकबस्टर व्यापार गर्ने देखिन्छ । प्रिभ्यूमा शाहरुखको लुक्स र एक्सन अवतारले फ्यान र दर्शकबाट तारिफ पाइरहेको छ ।

सिनेमालाई दक्षिण भारतीय निर्देशक एट्ली कुमारले निर्देशन गरेका हुन् । एक्सन, थ्रिल र इन्टेन्स ड्रामाबाट भरपूर प्रिभ्यूमा सिनेमाका सवै मुख्य कलाकार प्रस्तुत छन् । प्रिभ्यूमा ‘सरप्राइज’ अभिनेत्री दीपिका पादुकोणको इन्ट्री हो । सिनेमामा उनको अभिनय छ भन्ने जानकारी निर्माण टिमले यसअघि गराएको थिएन ।

प्रिभ्यूमा दीपिकालाई प्रस्तुत गर्दै सिनेमामा ‘स्पेशल अपिरियन्स’ रहेको उल्लेख छ । पानीमा कसैसँग भिड्दै गरेको अवस्थामा उनलाई सार्वजनिक प्रिभ्यूमा चित्रण गरिएको छ । एक्सन प्याक्ड सिनेमामा दक्षिण भारतकी चर्चित अभिनेत्री नयनतारा शाहरुख खानको अपोजिटमा छिन् । सान्या मल्होत्रा, प्रियमणि, सुनील ग्रोवर, विजय सेतुपथीको पनि सिनेमामा महत्त्वपूर्ण भूमिका छ ।

दक्षिण भारतीय सुपरस्टार थलापति विजय सिनेमामा केमियो भूमिकामा देखिनेछन् । प्रिभ्यू टिजरमा उनको एक झलक देख्न पाइन्छ । सिनेमामा शाहरुख पिता र छोराको गरी दोहोरो भूमिकामा रहेको चर्चा छ । ‘जवान’ हिन्दी, तमिल तथा तेलुगू भाषामा एकसाथ प्रदर्शनमा आउनेछ । गत वर्ष सिनेमाको घोषणा हुँदा शाहरुखको लुक्सले ठूलो चर्चा कमाएको थियो ।

‘जवान’लाई ठूलो क्यानभासमा तयार पारिएको जवानको फर्स्टलुमा शाहरुखको अनुहारमा पट्टी बाँधिएको थियो । प्रिभ्यूमा पनि उनी यही लुक्समा प्रस्तुत छन् । केही दृश्यमा उनलाई रोमान्टिक अवतारमा पनि देख्न सकिन्छ ।