anmol jasita

‘भगवत् गीता’को टिजर बिहीबार रिलिज हुने

‘भगवत् गीता’को टिजर बिहीबार रिलिज हुने

द सिनेमा टाइम्स
931
Shares

द सिनेमा टाइम्स, काठमाडौं – झरना थापाको निर्देशनमा निर्माण भएको सिनेमा ‘भगवत् गीता’को टिजर बिहीबार रिलिज हुने भएको छ । आगामी भाद्र २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको अहिले धमाधम पोष्ट-प्रोडक्सनको काम भैरहेको छ ।

विपिन कार्की, धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहेको सिनेमाको छायांकन जनकपुरधाम, काठमाडौं र मनाङमा गरिएको छ । प्रेमकथामा आधारित रहने सिनेमामा धिरज र सुहानाको जोडी बाँधिएको छ । पहिलो पटक स्क्रिन शेयर गर्न लागेको यो जोडीलाई लिएर दर्शक उत्साहित छन् ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमामा सुनिल कुमार थापाको लगानी रहेको छ । संजय लामाले खिच्ने सिनेमामा प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।

निर्देशक थापाले यसअघि ‘ए मेरो हजुर २’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ निर्देशन गरिसकेकी छन् । यी सवै सिनेमा बक्सअफिसमा सफल भएका थिए । त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यका बाहिर र काव्या फिल्म्सले काठमाडौंमा सिनेमा वितरण गर्नेछन् ।