छायांकनरत ‘दान्भी’ गीतमा बोल्ड पूजासँग रोमान्टिक कुन्साङ

छायांकनरत ‘दान्भी’ गीतमा बोल्ड पूजासँग रोमान्टिक कुन्साङ

द सिनेमा टाइम्स
1.6k
Shares

द सिनेमा टाइम्स, काठमाडौं – एक्सन तथा लभस्टोरी सिनेमा ‘दान्भी’को छायांकन एक हप्ताअघि नै गीतबाट सुरु गरिएको थियो । गीतको छायांकन सकिएपछि निर्माण टिमले केही तस्बिरहरु सार्वजनिक गरेको हो ।

सिनेमाको तस्बिरमा डेव्यू अभिनेता कुन्साङ बोम्जमसँग अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा देखिएकी छन् । उनीहरुको केमेस्ट्री सुहाएको देखिन्छ । तस्बिरमा पूजा बोल्ड पहिरनमा प्रस्तुत छिन् । ‘तिमीलाई दिने मायाको खानी’ बोलको गीतमा हरि बहादुर घलेको छायांकन तथा कविराज गहतराजको कोरियोग्राफी छ । गीतको भिडियो निर्माणका लागि टिमले निकै मिहिनेत गरेको छ ।

अर्जुन पोखरेलको संगीत रहेको गीतलाई केही हप्तामा प्रदर्शन मितिसहित सार्वजनिक गर्ने तयारी गरिएको छ । रुपेश तामाङको निर्देशनमा बनिरहेको सिनेमाको कथा रविना थापा मगरले लेखेकी हुन् । सिनेमाको यतिबेला काठमाडौंका विभिन्न ठाउँमा एक्सन पार्टको छायांकन भैरहेको छ । यसपछि सिनेमाको बाँकी छायांकन दार्जिलिङमा गर्ने तयारीमा निर्माण पक्ष छ ।

सिनेमामा पूजा पहिलो पटक एक्सन अवतारमा प्रस्तुत हुँदैछिन् । यसका लागि उनले दुई हप्तासम्म एक्सनको तालिम समेत लिएकी थिइन् । एक्सन भूमिकाका लागि उनी उत्साहित देखिएकी छन् । भदौबाट उनले रेखा थापाको लगानी र ज्ञानेन्द्र देउजाको निर्देशनमा निर्माण हुने सिनेमा ‘उपहार’को छायांकन गर्दैछिन् ।