‘कोतपर्व’बाट ५ बर्षपछि कमव्याक गर्दै रमेश उप्रेती

‘कोतपर्व’बाट ५ बर्षपछि कमव्याक गर्दै रमेश उप्रेती

द सिनेमा टाइम्स
224
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रमेश उप्रेती सिनेमा ‘कोतपर्व’को मुख्य भुमिका अनुबन्धित भएका छन् । उनले सोमबार सिनेमा ‘कोतपर्व’ लिखित सम्झौता गरेका हुन् । केही दिनअघि अभिनेता सौगात मल्ल पनि सिनेमामा अनुबन्धित भएका थिए ।

हाल कथा लेखन र प्रि-प्रोडक्सनको काम भैरहेको सिनेमा ‘कोतपर्व’मा दुई पुस्ताका चर्चित कलाकार एकसाथ पर्दामा देखिने भएका छन् । रमेश कमब्याक सिनेमालाई लिएर उत्साहित देखिएका छन् । उनले ‘कोतपर्व’अघि आगामी असोजमा अर्को सिनेमामा पनि काम गर्न लागेको चर्चा छ । त्यो सिनेमा अभिनेता निखिल उप्रेतीसँग हुने र लगानी पनि रमेश र निखिलले नै मिलेर गर्नेछन् ।

छोटेलाल रौनियार र सारदा खड्का अर्याल निर्माता रहेको ‘कोतपर्व’को कार्यकारी निर्माता शिव चन्द्र हुन् । महेश दवाडीको लेखन रहेको सिनेमालाई रिमेश अधिकारीले निर्देशन गर्नेछन् । रिमेश अधिकारी फिल्म्स प्रोडक्सन र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको सिनेमाको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम मुम्बईको स्टुडियोमा गरिने निर्देशक अधिकारीले बताए ।

कोतपर्वमा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारादारको विभत्स हत्या भएको थियो । नेपाललाई १०४ वर्षे जहानियाँ निरंकुश राणा शासनमा धकेलेको ‘कोतपर्व’ नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्डमा आधारित भएर सिनेमा निर्माण हुन लागेको हो ।

‘कोतपर्व’ले जंगबहादुर राणालाई शक्तिशाली शासकका रूपमा उभ्याएको थियो । उनी नेपालका प्रधानमन्त्री समेत बनेका थिए । यही सिनेमाबाट अभिनेता रमेश उप्रती ५ बर्षपछि नेपाली सिनेमामा कमब्याक गर्न लागेका हुन् ।