anmol jasita

‘ओ माइ गड २’को टिजर रिलिज, शिव अवतारमा देखिए अक्षय

‘ओ माइ गड २’को टिजर रिलिज, शिव अवतारमा देखिए अक्षय

द सिनेमा टाइम्स
301
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता अक्षय कुमारको मुख्य भुमिका रहेको सिनेमा ‘ओ माइ गड २’को टिजर रिलिज गरिएको छ । केही दिनअघि अक्षयले सामाजिक सञ्जाल ट्वीटर एकाउन्टबाट सिनेमाका केही झलक सार्वजनिक गरेका थिए । जसले दर्शक तथा फ्यानबाट राम्रो तारिफ पाएका छन् ।

सिनेमाको सार्वजनिक टिजरमा भनिएको छ, ‘इश्वर छ कि छैन भन्ने प्रमाण मानिसले आस्तिक वा नास्तिक भएर दिन सक्छ तर भगवान आफुले सृष्टि गरेका मानिसबीच कहिल्यै भेद गर्नुहुन्न । चाहे नास्तिक कान्जिलाल मेहता होस् वा आस्तिक शान्ति करण मुद्गल । अनि दुःख परेको बेला गरिएको पुकारले जहिले पनि आफूतिर तान्छ ।’

आगामी अगष्टमा विश्वभरका सिनेमा घरमा रिलिज हुने सिनेमा रिलिजको एक महिनाअघि नै टिजर सार्वजनिक गरिएको हो । सिनेमाको टिजर सेयर गर्दै बलिउड अभिनेता अक्षय कुमारले लेखेका छन्, ‘विश्वास राखौं । ओएमजी २ को टिजर आउट भएको छ ।’ साथै उनले क्याप्सनमा सिनेमाको रिलिज मिति अगस्ट ११ पनि उल्लेख गरेका छन् ।

सिनेमामा अक्षय कुमार भगवान शिवको अवतारमा देखिएका छन् । सिनेमाको टिजर सार्वजनिक भएपछि केकी दर्शकले सनातन धर्मसँग ठट्टा गरेको पाइएमा पटक्कै सहन नसक्ने चेतावनी दिइएका छन् । अमित रायको निर्देशनमा निर्माण भएको सिनेमा ‘ओ माइ गड २ मा अभिनेता पंकज त्रिपाठी र यमी गौतमकको पनि मुख्य भुमिका रहेको छ ।