‘हात्तीछाप’को सेटबाट सौगात मल्ल लुक्स, राजाको गेटअपमा यस्तो देखिए

‘हात्तीछाप’को सेटबाट सौगात मल्ल लुक्स, राजाको गेटअपमा यस्तो देखिए

द सिनेमा टाइम्स
441
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता सौगात मल्लले बिहीबारबाट ‘हात्तीछाप’को छायांकन सुरु गरेका छन् । सिनेमाको छायांकन सेटबाट उनको लुक्स पनि सार्वजनिक भएको छ । भित्तामा राखिएको एक तस्वीरमा सौगात शिरमा श्रीपेच लगाएर हातमा तरवार लिएर राजाको गेटअपमा उभिएको देख्न सकिन्छ ।

सिनेमामा सौगातले राजाको भुमिकामा अभिनय गरेको जानकारी प्राप्त छ । अहिले सिनेमाको काठमाडौंका विभिन्न स्थानमा धमाधम छायांकन भैरहेको छ । सिमोस सुनुवारको निर्देशनमा निर्माण भैरहेको सिनेमाका प्रस्तुतकर्ता किरण नेपाली हुन् ।

सिनेमामा सौगात मल्लका अलवा दयाहाङ राई, विल्सन विक्रम राई, गौरव पहारी, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, राजन खतिवडा, पुस्कर गुरुङ, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहनेछ । सामाजिक कथावस्तुलाई कमेडी तरिकाले निर्माण गरिने सिनेमालाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

रेड बर्ड प्रोडक्सनको व्यानरमा निर्माण भैरहेको सिनेमालाई सुशन प्रजापति खिचिरहेका छन् । साउनभित्र छायांकन पूरा गरेर सिनेमालाई आगामी कार्त्तिकमा प्रदर्शन गर्ने तयारीमा निर्माण टिम छ ।