भदौ १ मा गणेश देव पाण्डे निर्देशित ‘जुलेबी’ रिलिज घोषणा

भदौ १ मा गणेश देव पाण्डे निर्देशित ‘जुलेबी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गणेश देव पाण्डेको निर्देशनमा निर्माण भएको सिनेमा ‘जुलेबी’को प्रदर्शन मिति घोषणा गरिएको छ । चार महिला पात्रको प्रेमकथामा आधारित रहेको सिनेमाको आइतबार वितरक कम्पनी डिसिएनसँग सम्झौतापछि निर्माण टिमले आगामी भदौ १ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो ।

सिनेमाको मुख्य भूमिकामा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक र मोनिका थापा छन् । सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायतको पनि अभिनय सिनेमामा हेर्न सकिन्छ । निर्देशक पाण्डे सिनेमा ‘गाँजाबाजा’पछि निर्देशनमा फर्किएका हुन् । एन्थोलोजी जनरामा निर्माण भएको ‘जुलेबी’ले तीन घटनालाई चित्रण गर्ने सिनेमाका कार्यकारी निर्माता नवीन भट्टले जानकारी दिए ।

फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा विवेक खड्काको छायांकन, अन्जय खड्काको सम्पादन, जाटवेद बनर्जीको संगीत र उत्तम न्यौपानेको साउण्ड डिजाइन छ । सिनेमाको निर्माता आभा शर्मा नेपाल हुन् ।

‘जुलेबी’को केही देशहरुको ओभरसिज राइट्स पनि बिक्री भैसकेको जानकारी निर्माण टिमले दिएको छ । सिनेमाको कथावस्तु दर्शकलाई पृथक लाग्ने विश्वास निर्देशक पाण्डेको छ । यही मितिमा अभिनेता आकाश खड्का र सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा ‘हिँड्दा हिँड्दै’ पनि रिलिज हुँदैछ ।