‘जय हो’ पहिलो गीत ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ सार्वजनिक

‘जय हो’ पहिलो गीत ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ सार्वजनिक

द सिनेमा टाइम्स
518
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शोभित बस्नेतकको प्रस्तुतीमा निर्माण भएकको सिनेमा ‘जय हो’ पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमामा समाबेश ‘जोमसोमको डाँडैमा हिँउ खेल्न जाने की’ बोलको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा शम्भुजित बास्कोटाको शब्द रचना तथा संगीत रहेको गीतमा सुरेश लामा र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो पक्ष औसत लाग्छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी र माओत्से गुरुङ फिचर्ड छन् ।

टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह-सम्पादन, समीर मियाँको भिएफएक्स रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।

मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट सिनेमा प्रदर्शनमा आउनेछ ।

सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।