मुस्कान ढकालको निर्देशनमा बन्ने ‘पञ्चामृत’मा सौगात, आँचल र धिरज अनुबन्धित

मुस्कान ढकालको निर्देशनमा बन्ने ‘पञ्चामृत’मा सौगात, आँचल र धिरज अनुबन्धित

द सिनेमा टाइम्स
553
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री आँचल शर्मा मुस्कान ढकालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पञ्चामृत’को मुख्य अभिनेत्रीमा अनुबन्धित भएकी छन् । मंलबार निर्माण टिम र अभिनेत्री शर्माबीच औपचारिक रुपमा कागजी सम्झौता भएको हो ।

सिनेमाको मुख्य भुमिकामा यसअघि नै अभिनेता सौगात मल्ल, धिरज मगर, उत्तम प्रधान, निरुता सिंह र विपना थापा अनुबन्धित भैसकेका छन् । आगामी भाद्रबाट फ्लोरमा जाने सिनेमाको हाल धमाधम प्रि-प्रोडक्सनको काम भैरहेको निर्देशक ढकालले बताए । सिनेमा ‘नाई नभन्नू ल ३’बाट निर्देशनमा डेब्यू गरेका मुस्कानले ‘समर लभ’ रिलिजको चार वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।

ठूलो क्यानभासमा निर्माणको तयारी भैरहेको सिनेमामा निर्देशक ढकालले कलाकारको लाइनअप बलियो बनाएका छन् । कलाकारले नै सिनेमालाई दर्शकमाझ प्रतिक्षीत बनाउने देखिन्छ । आध्यात्मिक-लभस्टोरी कथावस्तुमा निर्माण हुने सिनेमा तीनवटा च्याप्टरमा निर्माण हुने चर्चा छ । तीन वर्ष लगाएर निर्देशक ढकालले सिनेमाको स्क्रिप्ट तयार पारेको हुन् ।

डेढ दशकपछि उत्तम र निरुताको ‘दर्पण छायाँ’ जोडी ‘पञ्चामृत’मा एकसाथ काम गर्न लागेका हुन् । विपनासँग पनि उनीहरुले लामो समयपछि सहकार्य गर्दैछन् । विपना र उत्तम त एक दशकपछि नेपाली सिनेमामा कमव्याक गर्दैछन् । निरुताले भने कोरोना महामारी अघि मह जोडीको सिनेमा ‘दाल भात तरकारी’ काम गरेकी थिइन् ।