भुवन चैत्य बसुन्धरा पुरस्कार २०७८ र २०७९ को घोषणा

भुवन चैत्य बसुन्धरा पुरस्कार २०७८ र २०७९ को घोषणा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं – भुवन चैत्य बसुन्धरा पुरस्कार २०७८ र २०७९ को घोषणा भएको छ । नेपाली सिनेमाका तीन वरिष्ठ अभिनेत्रीहरुको नामबाट स्थापित यो पुरस्कारको घोषणा मंगलबार विज्ञप्तिमार्फत गरिएको हो ।

जसअनुसार २०७८ सालको हरिश-भुवन चन्द पुरस्कार निर्देशक यादव खरेल र २०७९ सालको हरिश-भुवन चन्द पुरस्कार नीर शाहलाई प्रदान गरिने भएको छ । संगीतकर्मी गणेश रसिकलाई २०७८ र अभिनेता शिव श्रेष्ठलाई २०७९ सालको चैत्यदेवी पुरस्कार प्रदान गर्ने निर्णय भएको छ ।

अभिनेत्री मिथिला शर्मालाई २०७८ र अभिनेत्री शर्मिला मल्ललाई २०७९ सालको चेतनारायण-बसुन्धरा भुसाल पुरस्कार प्रदान गर्ने घोषणा भएको छ । २०७५ सालमा स्थापना भएको भुवन चैत्य बसुन्धरा फाउण्डेसनले नेपाली कला संस्कृति, रंगमञ्च, संगीत क्षेत्रमा योगदान र्पुयाउने व्यक्तिलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

जनही ५१ हजार रुपैयाँ पुरस्कारको राशी छ । पुरस्कारलाई साउन तेस्रो साता आयोजना गरिने समारोहमा प्रदान गरिने भुवन चैत्य बसुन्धरा फाउण्डेसनका महासचिव तथा कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताएका छन् ।