‘हामी तीन भाई’को मुख्य अभिनेत्रीमा लक्ष्मी र आश्मा अनुबन्धित

‘हामी तीन भाई’को मुख्य अभिनेत्रीमा लक्ष्मी र आश्मा अनुबन्धित

द सिनेमा टाइम्स
497
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मधुसुदन भट्टराईको निर्देशनमा निर्माण हुने सिनेमा ‘हामी तीन भाई’को मुख्य भुमिकामा दुई अभिनेत्री लक्ष्मी बर्देवा र आश्मा गिरी अनुबन्धित भएका छन् । सिनेमामा लक्ष्मीको जोडी विनोद न्यौपानेसँग बाँधिनेछ भने आश्माले अभिनेता कुशल विष्टसँग रोमान्स गर्नेछिन् ।

निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमा जाहान्वीको जोडी डेव्यु अभिनेता फलित राईसँग बाँधिएको छ । गत शुक्रबार गोर्खास्थित मनकामना मन्दिरमा सिनेमाको स्कृप्ट पुजा गरिएको थियो । आगामी साउनबाट छायांकनमा जाने सिनेमामा राजाराम पौडेल, रवीन्द्र झा, बिष्णु सापकोटा (हर्के हवल्दार), दीपक बिडारी, तारा शर्मा, भुवन कुमार काफ्ले, नयन कला फुयाँल, पवन केसीको पनि अभिनय रहनेछ ।

निर्देशक भट्टराईको कथा रहेको सिनेमाको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । साजित महत प्रस्तुतकर्ता, विक्रम तामाङ कार्यकारी निर्माता, त्रिरत्न श्रेष्ठ निर्माता र प्रतिमा थापा पोखरेल र भक्तलाल श्रेष्ठ सिनेमाको सह-निर्मातामा छन् ।

प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने सिनेमामा शिव ढकालको छायांकन, बनिष शाहको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन तथा एसबी सापकोटाको संगीत रहनेछ ।