‘हिँड्दा हिँड्दै’को गीत ‘हाँस्ने ओठहरु तिम्रा हुन्’मा रोमान्टिक आकाश र रेखा

‘हिँड्दा हिँड्दै’को गीत ‘हाँस्ने ओठहरु तिम्रा हुन्’मा रोमान्टिक आकाश र रेखा

द सिनेमा टाइम्स
364
Shares

द सिनेमा टाइम्स, काठमाडौं – लभस्टोरी सिनेमा ‘हिँड्दा हिँड्दै’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक ‘हाँस्ने ओठहरु तिम्रा हुन्’ बोलको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको युगल स्वर रहेको छ भने किरण माइकल घिमिरेको शब्द रचना तथा संगीत छ ।

आगामी भदौ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको सार्वजनिक गीतमा अभिनेता आकाश श्रेष्ठ र डेव्यु अभिनेत्री रेखा शाह फिचर्ड छन् । मिलन आले मगर निर्देशित सिनेमामा सलोन बस्नेत, सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ, बाल कलाकार अर्विन थिङ्गको पनि अभिनय छ ।

नारायण सुशील पंगेनी इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको सिनेमामा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको सिनेमामा राज लामा निर्मातामा छन् भने प्रमोद कुमार तामाङ र महादेश शाह सह-निर्मातामा छन् ।

आरआर फिल्म्सले देशभर वितरण गर्न लागको सिनेमामा सुमन कुमार तण्डुकारको छायांकन, गौतमराज खड्काको सम्पादन, देव महर्जनको द्वन्द्व, तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत तथा कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।