शुक्रबारबाट बुद्धि, भुवन र साराको ‘लुङा’ प्रदर्शनमा

शुक्रबारबाट बुद्धि, भुवन र साराको ‘लुङा’ प्रदर्शनमा

द सिनेमा टाइम्स
490
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आज शुक्रबारबाट अभिनेता बुद्धि तामाङ, भुवन सिंह राई र सारा लोहोरुङको मुख्य भुमिका रहेको सिनेमा लुङा प्रदर्शनमा आएको छ । बिना प्रचार प्रसार प्रदर्शनमा आएकको सिनेमाले केही मल्टिप्लेक्स हलमा न्युन शोज पाएपनि देशकै ठुलो मल्टीप्लेक्स चेन लगायतका अधिकांश हलमा एक शो पनि पाएको छैन् ।

सिंगल स्क्रिनमा भने सिनेमाले राम्रो संख्यामा हल पाएको छ । ज्योतिराज राई प्रस्तुतकर्ता रहेको सिनेमालाई किरण राईले निर्देशन गरेका हुन् । सिनेमामा भीम शर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिङ्खिम, सुदीपजंग कार्की, गङ्गा बहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङको पनि विशेष भूमिका छ ।

भूमिसा प्रोडक्सनले द इस्टर्न मिडियासँग निर्माणमा सहकार्य गरेको सिनेमाको निर्मातामा सञ्जिव राई छन् । ‘लुङा’मा बादल लिम्बू र अनिस श्रेष्ठको संगीत र किरण राईको छायांकन तथा सम्पादन छ । भुवन सिंह राईको कथा लेखन रहेको सिनेमाको पटकथा तथा संवाद भुवन सिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले तयार पारेका हुन् ।

प्रयास घिमिरे कार्यकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई र टीआर साम्सोहाङ छन् ।